Do you believe this house costs only 3 Crores? - Sajha Mobile
SAJHA MOBILE
Do you believe this house costs only 3 Crores?
Posts 6 · Viewed 15286 · Go to Last Post
Simsim
· Snapshot
Like · Likedby · 0




माओवादी मुख्यालय तीन करोडको नयाँ घरमा सर्दै
























अन्य समाचार
















पुरानो अंक






पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ८ असार
2009-06-23,Tuesday



एकीकृत माओवादीको मुख्यालय बुद्धनगरबाट कोटेश्वरस्थित पेरिसडाँडामा सर्ने भएको छ । केन्द्रीय समिति, पोलिटब्युरो र सचिवालय सदस्य संख्या बढ्दै गएपछि पार्टीले कोटेश्वरमा तीन करोड रुपैयाँ खर्चेर किनेको घरमा मुख्यालय सार्ने भएको हो ।

चार महिनाअघि किनेको सो भव्य घरमा त्यसैवेलादेखि माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघसहित झन्डै दुई दर्जन भ्रातृ संगठनको कार्यालय राखिएको छ ।

'बुद्धनगर साह्रै साँघुरो भयो, त्यसकारण विकल्प खोजिएको हो,' माओवादी नेता हरिबोल गजुरेलले नयाँ पत्रिकासित भने, 'पोलिटब्युरो बैठक सकिएपछि कार्यालय सर्छ कोटेश्वरको पेरिसडाँडामा ।' माओवादी मुख्यालय स्रोतका अनुसार चक्रपथभित्र पार्किङसहितको तीन/चार रोपनी जग्गा किनेर आफैँले पार्टी कार्यालय भवन बनाउने विषयमा पनि नेताहरूबीच छलफल भएको थियो । तर, तत्काल त्यो सम्भव नभएपछि पेरिसडाँडा नै माओवादीको रोजाइमा परेको हो ।

पार्टीले मुख्यालयका लागि नयाँ जग्गासहित भवन खोज्ने जिम्मा कार्यालयसचिव नारायण दाहालसहित मुख्यालयसम्बद्ध 'स्टाफ'लाई दिएको थियो ।

'हामीले केन्द्रीय कार्यालय प्रयोजनका लागि ४६ कोठे घर किनेका छौँ,' अखिल नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष बद्री बजगाईंले जानकारी दिए, 'राष्ट्रिय वाणिज्य बैंकले लिलाम गर्ने निर्णय गरेको त्यो जग्गा र घर तीन करोड रुपैयाँमा खरिद गरिएको हो ।'

माओवादी स्रोतका अनुसार पेरिसडाँडामा रहेका मजदुरबाहेक जनवर्गीय संगठनका सबै कार्यालय बुद्धनगरमा रहेको अहिलेको मुख्यालय भवनमा सारिने छ । तर, बुद्धनगरस्थित कार्यालय भवनअगाडिको पार्किङ समस्या भने अझै समाधान भएको छैन । कार्यालय भवन र पार्किङ भएको जग्गाका धनी फरक-फरक व्यक्ति हुन् ।

बुद्धनगरमा १० कोठा रहेको घर माओवादीले ०६४ वैशाखदेखि लिएको थियो । सो कार्यालय पहिला शान्तिवार्ता टोलीको सचिवालय थियो भने बीचमा यसलाई केन्द्रीय सम्पर्क कार्यालयका रूपमा स्थापित गरिएको थियो । तर, पछि यही भवनलाई माओवादीले मुख्यालय बनायो ।

बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा स्थान अभावका कारण माओवादीले बैठकसमेत कार्यालयबाहिर राख्नुपरेको छ । 'पेरिसडाँडाको घर पार्टी कार्यालयका लागि सबैभन्दा बढी उपयुक्त हुने देख्यौँ,' बजगाइंले भने, 'अब माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक बस्न पनि बाहिर जानुपर्दैन ।' माओवादीको केन्द्रीय समितिमा हाल एक सय ४१ सदस्य रहेका छन् । एकताकेन्द्र मसालसँग एकतापछि एक सय ३८ जना पुगेको माओवादी केन्द्रीय समितिमा नेकपा माले क्रान्तिकारीको एकतालगत्तै ३ जना थपिएका छन् ।

हाल बुद्धनगरमा अध्यक्ष प्रचण्ड, संगठन विभाग प्रमुख मोहन वैद्य किरण, कार्यालयसचिव नारायण दाहाल, अन्तर्राष्ट्रिय विभाग प्रमुख सिपी गजुरेल र प्रवक्ता दीनानाथ शर्माको कार्यालय रहेको छ भने वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतका नेताहरूलाई कार्यालयमा स्थान अभावका कारण बस्ने कोठमा तय गर्न सकिएको छैन । 'कतिपटक त नेताहरू बस्ने ठाउँ नपाएर कार्यालयसचिवको कोठामा र बरण्डामा नै बस्नुपरेको थियो,' माओवादी कार्यालयमा नियमित खटिएका एक कर्मचारीले भने, 'पार्टी एकता गर्नुभन्दा अगाडि बडो कष्टका साथ पोलिटब्युरो बैठक बसेको थियो । तर, एकतापछि त सम्भव नै भएन ।'

एकताकेन्द्र मसालसँग पार्टी एकतासँगै २८ पुसपछि केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको छ, तर पोलिटब्युरो र केन्द्रीय समिति बैठक स्थान अभावका कारण बाहिरै बस्नुपर्‍यो ।







कोटेश्वर पेरिसडाँडास्थित यही भवनमा माओवादी मुख्यालय सर्नेछ । यो भवन चार महिनाअघि खरिद गरिएको थियो । तस्बिर : नेत्र पन्थी/नयाँ पत्रिका




bisal
· Snapshot
Like · Liked by · 0

No water, electricity 6 hours a day, always ‘bandh’, no law and order, I don’t even pay $25000 for this house.

Gaine
· Snapshot
Like · Liked by · 0
you talking 25000, I would not pay a penny..I love my dhading...
k cha k
· Snapshot
Like · Liked by · 0
m frm koteshwor ma ta penny pani dena tayar chaina tho ghar lai.paile rana kaal ma thaya thulo hatyakanda bhayeko theyeo abd wanted house ho thaya ko manche haru ley bhanchan thaya wori pari jaile tarsaucha re....might be...
gurkha's
· Snapshot
Like · Liked by · 0
Where did these bastards got the money from ?
YCLareKHATES
· Snapshot
Like · Liked by · 0





 


baburam headed loot company looted fo 9 months officially. unofficial ta kati ho kati

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 104
· Posts 19 · Viewed 6947 · Likes 2
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 197
· Posts 1 · Viewed 270
· Posts 1 · Viewed 273
· Posts 1 · Viewed 339
· Posts 2 · Viewed 509
· Posts 1 · Viewed 358
· Posts 2 · Viewed 726



Travel Partners
Travel House Nepal