[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्वाधार निर्माणमा नेपालले चीनबाट के सिक्ने ?
[VIEWED 8873 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-18 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली नेताहरूको चीन भ्रमण बाक्लै छ । चीन भ्रमणपछि त्यहाँको आर्थिक विकासबाट प्रभावित भएर हरेक नेताले भन्ने गर्छन्, ‘‘चीनबाट धेरै सिक्नुपर्छ ।” तर के सिक्ने ? कसरी सिक्ने ? कहिले सिक्ने ? भन्नेबारे कहिल्यै प्रस्ट भनिएन । जहिल्यै अमूर्त गफ छाट्नेबाहेक केही गरिएन । चीनबाट सिक्न सकिने थुप्रै छन् तर अहिलेलाई चीनले पूर्वाधारको महत्व बुझेर कसरी ‘पूर्वाधार विकास मोडेल’ बनाएको छ, त्यसबारे चीनको अनुभवबाट हाम्रोजस्तो विकासोन्मुख राष्ट्रले सिक्नु उपयुक्त हुन्छ ।
एउटा भनाइ छ, ‘‘यदि देशलाई धनी बनाउनु छ भने पहिला सडक र पुल बनाउनुपर्छ ।” यो भनाइको पुष्ट्याइँ चीनको ४० वर्षको पूर्वाधार विकासले गरेको छ । यही पूर्वाधारको मद्दतबाट चीनले आफ्नो आर्थिक वृद्धिलाई दोहोरो अड्ढमा ल्याउनसकेको हो । परिणामस्वरूप चीन ८० करोड आफ्ना जनतालाई गरिबीबाट मुक्त गर्न सफल भएको छ ।

चीनले सन् १९९८ देखि आर्थिक पूर्वाधारमा थुप्रै लगानी गरिरहेको छ । वार्षिकरूपमा यातायात, विद्युत्, ग्यास पाइपलाइन, दूरसञ्चार क्षेत्र, सहरी खानेपानी र सरसफाइमा कुल गार्हस्थ उत्पादनको ९ प्रतिशत रकम खर्च गरिरहेको छ । यदि चीनले पूर्वाधार क्षेत्रमा यतिको सफलता हासिल गर्न नसकेको भए ‘उपभोग्य वस्तुको विश्व कारखाना’ उपमा सायद चीनले पाउने थिएन । चीनको निर्यातमुखी आर्थिक वृद्धि रणनीतिमा पूर्वाधार विकासले महत्वपूर्ण भूमिका खेलेको छ ।

पूर्वाधार विकासलाई सार्वजनिक विषयवस्तुको रूपमा लिइन्छ । जसले श्रमिकको उत्पादकत्व वृद्धि गर्नमा सहयोग गर्छ र विकट ठाउँका जनताको जीवनस्तरलाई समेत माथि पु¥याउन मद्दत गर्छ । चीनमा यही पूर्वाधारले समग्र आर्थिक विकासलाई सहज बनाएको छ ।

जलस्रोतजस्तो पूर्वाधारले कृषि क्षेत्रको विकासमा ठूलो योगदान पु¥याउँछ । जलस्रोतको संरक्षणले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण भई कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैगरी ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सडक तथा सञ्चारमाध्यमको सञ्जालले ठूलो योगदान पु¥याएको हुन्छ । चीनले सम्पूर्ण ग्रामीण क्षेत्रलाई विद्युतीकरण गरिसकेको छ भने फोर जी सञ्चारमाध्यमले सम्पूर्ण ग्रामीण क्षेत्रलाई समेटेको छ । सञ्चारमाध्यमले देशको कनेक्टीभिटीलाई बाह्य बजारसँग जोडेर व्यापार प्रवद्र्धनमा मद्दत पु¥याउँछ जसले कारोबार लागतलाई घटाइदिन्छ र तीव्र ग्रामीण विकासको आधार बन्ने गर्दछ ।

त्यसैगरी यातायात पूर्वाधार र आर्थिक वृद्धिले कुनै निश्चित ठाउँ विशेषको वस्तुलाई प्रवद्र्धन गर्छ । एउटा चिनियाँ अनुसन्धानले देखाएअनुसार हरेक १० करोड रूपैयाँ पूर्वाधारमा खर्च गर्दा त्यसले लगभग ५ अर्बको कूल गार्हस्थ उत्पादनमा वृद्धि गर्न सहयोग गर्छ ।

पूर्वाधार र वित्तीय प्रणालीमा सुधार गर्न हाम्रो देशले चिनियाँ अनुभवबाट सिक्न सक्छ । तर त्यस्तो अनुभवलाई सफलतापूर्वक कार्यान्वयन गर्ने सुनिश्चित हुनुपर्छ । अहिलेको खुला अर्थतन्त्रको जमानामा सम्पूर्ण आर्थिक क्रियाकलापको जिम्मा बजारलाई नै दिने गरिन्छ । तर पूर्वाधारको क्षेत्रमा बजारले प्रभावकारी ढङ्गले भूमिका खेल्न सक्दैन । त्यसको लागि सरकारले पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्नुपर्छ ।

हाम्रो देशको सन्दर्भमा पूर्वाधार विकासलाई सरकारले ठूलै प्राथमिकतामा राखे पनि कार्यान्वयन तहमा पुग्दा फितलो हुने गरेको छ । उदाहरणको लागि हेटाँैडा सुरूङ्ग मार्गलाई लिन सकिन्छ । निजी क्षेत्रको सहभागितामा निर्माण गर्ने भने पनि शिलान्यास गरेको वर्षांै भइसक्दा पनि यसले गति लिन सकेको छैन भने सर्वसाधारणले गरेको लगानी नै डुब्ने लक्षण देखिएको छ ।

पूर्वाधार दोहोर धार भएको तरवार हो । जान्यो भने यो आर्थिक विकास कारक हुनसक्छ, ऋण व्यवस्थापन गर्न जानेन भने सरकार ऋणको जालोमा फस्न पनि सक्छ । यसको अतिरिक्त पूर्वाधारलाई पूर्णरूपमा सदुपयोग गर्न नसकेमा स्रोत तथा साधनको दुरूपयोग पनि हुनसक्छ । जसले अरू विकासका क्षेत्रलाई बाधा पु¥याउन सक्छ । यसको एउटा उदाहरण भनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो । रू.३० अर्ब अनुमानित लागतमा बन्ने सो विमानस्थलको पूर्ण सदुपयोग हुनेमा धेरैलाई शड्ढा छ । यदि कुनै पूर्वाधार निर्माणको स्तर र गतिलाई व्यवस्थापन गर्न सकिएन भने यसले सरकारमाथि ऋणको बोझ थप्दै जान्छ । पोखरा विमानस्थल निर्माणको लागि चाहिने रकम चीनले ऋणस्वरूप उपलब्ध गराउनेछ । अहिले पनि तिर्नै नसकिने शर्तहरू राखेर बन्दरगाह र विमानस्थलजस्ता पूर्वाधार निर्माणमा एसियाली र धेरै अफ्रिकी मुलुकलाई ऋण दिएर ‘ऋण पासो’मा फसाइरहेको चीनमाथि संरा अमेरिकालगायत युरोपेली राष्ट्रहरूको आरोप छ । यस्तो आरोपबाट सचेत भएको चीनले आफ्ना सहयोगी राष्ट्रलाई ऋण व्यवस्थापन गर्न चिनियाँ अनुभवमा आधारित विभिन्न मोडेलहरू सुझाएको छ ।
चिनियाँ अनुभवअनुसार लगानीको क्षेत्रलाई विविधीकरण गर्नुपर्छ र पूर्वाधार निर्माणको लागि वित्त व्यवस्थापनलाई विविधीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण विस्तारै वित्तीय व्यवस्थापन, पुँजी बजार र वैदेशिक लगानीजस्ता क्षेत्रमा आधारित लगानी विविधीकरण पूर्वाधारले मोडेलको रूप लिंदैछ । पूर्वाधार निर्माणको लागि वित्तीय व्यवस्थापन र लगानी सम्बन्धित मोडेल ‘निर्माण–सञ्चालन–हस्तान्तरण’ (वूट), ‘सम्पत्ति सुरक्षण’, ‘पब्लिक–प्रात्ेट–पाटनरसिप’ जस्ता लगानी विविधीकरण र वित्तीय व्यवस्थापन नीतिलाई अगाडि ल्याएको छ । यी मोडेलले चीनका केही महत्वपूर्ण पूर्वाधार परियोजनामा ठूलो भूमिका खेलेको छ ।

सार्वजनिक वस्तु आपूर्तिमा बजार संयन्त्रले काम गर्दा विकासलाई प्रवद्र्धन गर्छ । पूर्वाधार निर्माणमा पुँजीको अभावलाई सल्टाउन चीनले बजारीकरणको सिद्धान्तलाई पछ्याएको छ ः जस्तै सार्वजनिक वस्तुको प्रयोगमा शुल्क तिर्नुपर्ने, ता कि सञ्चालन खर्च र निर्माण खर्च उठाउन सकियोस् । विवेकशील बाँडफाँडले स्रोत तथा साधनको प्रभावकारितालाई प्रवद्र्धन गर्छ । उदाहरणको लागि पुल, सुरूङ्ग मार्गजस्ता पूर्वाधार प्रयोग गरे बापत उठेको रकम निर्माणको लागि लिएको ऋण तिर्न प्रयोग गरिन्छ ।

निचोडमा, पूर्वाधार निर्माणमा पनि घाँटी हेरी हाड निल्नुपर्ने चीनको सुझाव छ । त्यसैले पनि हो कि हाम्रा प्रधानमन्त्रीको चुच्चो नाक भएको रेल ल्याउने सपनामा चीनले खासै चासो दिएको छैन । बरू कालिगण्डकी गर्ज हाइडो प्राजेक्ट, सिमेन्ट कारखानालगायत ८ वटा पूर्वाधारका परियोजना हालैमात्र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणताका सम्झौता गरिएको छ । यसरी हामीले पनि चीनको पूर्वाधार निर्माणका अनुभवलाई पूर्णतः कार्यान्वयन गरी आर्थिक विकासको गतिलाई तीव्रता दिन सकिन्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters