[Show all top banners]

transparent

More by transparent
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "तिमीले किन मलाइ भनेनौ?"
[VIEWED 5891 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली तर हिस्सी परेकी त्यो केटिले मुसुक्क हाँसेर मलाइ "नमस्ते" गरि।
"कसरी सिक्यौ नमस्ते गर्न?" मैले उसको चिउँडोको कोठिलाइ हेर्दै सोधें। कस्ति राम्री, झन् तेसमा चिउडोमा कालो कोठी। सानो जिउकी तर कलिली देखिने। कहिले बुढी नदेखिने शरीर। म उसलाइ राम्ररी हेर्दै थिएँ।
"मेरो ब्वाइफ्रेन्ड पनि नेपाली थियो नि"। उसले खुशी हुदै भनि। उसको आखाँमा सन्तुस्टिको भावहरु प्रस्ट देखियो।
"हो र? अहिले उ कहाँ छ नि तेसो भए? फिलिपिन्समा नै हो?" म पनि उत्सुक हुँदै गए। उ फिलिपिन्सबाट यो कार्यक्रममा आएकी थी। त्यो हाम्रो पहिलो भेट थियो।
"थाहा छैन।" सजिलै भनी उसले।
मलाइ नसोध्नु पर्ने भन्ने लाग्यो। एक्छिन पछि उसले फेरी भनी। " मैले त उसलाइ हङ्कङ्मा भेटेकी नि त। फिलिपिन्समा होइन"।
"तिमी काठ्मान्डुबाट आएकी हौ?" फेरि सोधी।
"हो नि। किन र?" म छक्क पर्दै सोधे।
"तिम्रो र मेरो ब्वाइफ्रेन्डको जात एउटै रहेछ नि, तेसैले। तिमिले चिन्छौ होला तेसो भए।" उसको अनुहारमा केहि आशाका लहरहरु देखियो।
"एउटै जात हुँदैमा सबैले सबैलाइ चिन्दैन हाम्रो देशमा। नाता पर्ने रहेछ भने नामबाट चिनिन्छ। तर हाम्रो त आफ्नो भन्दा अरु जातका हरुसङ धेरै सम्बन्ध छ। किनभने हाम्रो जातहरुको धेरै परिवार हाम्रो टोलमा छैन नि।" मैले अलिकती अप्ठ्यारो मान्दै भने। मलाइ आफ्नो मात्रीभासा पनि बोल्न आउदैन।साँझमा डिनर सङै खाने प्रोग्राम बन्यो र उसलाइ मैले पछि भेट्ने भन्दै छुँटे।

बेलुकि हामि एउटा चाइनिज रेस्टुरेन्टमा गयौं। जम्मा छ जनाको ग्रुप थियो। खाना खानासाथ् त्यो फिलिपिनो केटिले उसको ब्यागबाट औसधीको बट्टा झिकि र तिन थरि औसधी खाइ। हामी कसैले पनि केहि सोधेनौ उसलाइ।
"म एच आइ भी संक्रमित हुँ।" एकछिन सबै स्तब्ध भए।
"म पनि हुँ। तर मैले औसधी खान सुरु गरेकि छैन।" अर्कीले भनी।
"मेरो पनि खासै खाइ हाल्नु पर्ने अब्स्था थिएना। तैपनि पहिले नै होशियारी गरे छिट्टै एड्स हुदैन भनेर मैले दुइ बर्स अघि सुरु गरे।" फिलिपिनो केटिले सहज तरिकाले भनी।
"मेरो एउटा छोरी पनि छ। उसको लागि पनि म धेरै बाँच्नु पर्छ। उसको भबिस्यको लागि काम गर्नु पर्छ।" उ भन्दै थी।
"तिमीहरुलाइ कसरि म संक्रमित भए भन्ने खुल्दुल्लि होला हैन?" उसैले सोधी। हामी चुप बस्यौ।
"म हङ्कङ्मा केयर गिवर को काम गर्थे। तेहि समयमा एकदिन मैले नेपालि केटोलाइ एउटा नाइट क्लबमा भेटें। उसले मलाइ उसको फोन नम्बर दियो। केहि दिनपछि मैले उसलाइ भेटे। तेसपछि हामि सङै हिड्न थाल्यौँ। खासमा उ राम्रो केटो थियो। उनिहरुको पसल पनि थियो तेहा। उसको ब्रदर(दाइ कि भाइ स्पस्ट भनिन)लाइ पनि भेटेकी थिए। उसको परिवारलाइ हाम्रो सम्बन्ध बारे थाहा थियो। तर उनिहरुले उसलाइ नेपाली केटि नै चाहिन्छ भन्ने दबाब दिएको थियो। उ मलाइ अति माया गर्थ्यो। तेसैले उ सङ म धेरै नजिकिएकि थिए। तर अचानक मेरो भिसा सकिएको कारन म फिलिपिन्स फर्किनु पर्ने भयो। त्यो बेला उ नेपाल गएको थियो। मैले आफै इमिग्रेसनमा आफुलाइ समर्पन गरे। तेसपछि मलाइ फिलिपिन्स फर्काइयो।" उ एक्छिन चुप लागी।
"हङ्कङ् आएपछि उसले म फिलिपिन्स फर्केको थाहा पाएर मलाइ फोन गर्यो र किन उसलाइ भिसा सकेको कुरा नभनेको भनेर रिसायो पनि। मैले उसलाइ दुख दिन मन नलागेकोले भने। तेसपछि उ फिलिपिन्समा ३ चोटि आयो। हामीहरु होटेलमा बस्थ्यौँ। उसले हरेक महिना मलाइ पकेट खर्च पनि पठाउथ्यों। मलाइ फेरि हङ्कङ् आउनु भनेर सधै फोन गर्थ्यो। उसले फोनमा जहिले पनि रगतको रिपोर्ट आयो भनेर सोध्थ्यो। तेतिखेर मैले रगत जचाँुनु परेको थिएन। अँ, हरेक चोटि उ आँुदा धेरै औसधीहरु खाइरहेको हुन्थ्यो। मैले किन खाएको त्यो औसधी भनेर सोद्धा भिटामिन हो भन्थ्यो। मेरो हङ्कङ्को भिसाको लागि रगत जाच्नु पर्यो र तेसै बेला मेरो रगतमा एच आइ भी देखा पर्यो। म तेहा जान सकिन। म सङ उसको फोन नम्बर पनि थिएन। मेरो त जीवन नै रोकिएको थियो। तेसपछि मैले मेरो छोरीको बाबुलाइ पनि रगत जचाँुन भने। तर उसको रगतमा त्यो भाइरस देखिएन। रगत जाचिसकेपछि उ (नेपालि केटो) सङ मेरो सम्पर्क भएन। मेरो पहिलेको अपार्टमेन्टबाट नया ठाउमा सरेका थियौ।
हुन त यो सबै मेरो असाबधानिको नतिजा हो। मैले आफुलाइ सुरक्छित राख्नु पर्थ्यो। माया भन्दैमा भाइरस साट्नु पर्थेन। तर अब म यो भाइरसबाट मुक्त त हुदिन तैपनि उसलाइ एकचोटि सोध्न मन छ। तिमी मलाइ उसको ठेगाना पट्टा लगाइदिन्छौ?"
"के सोध्ने?" मैले आँखा भित्रको आँशु पुछ्दै भने।
"एहि कि उसले मलाइ किन पहिले नै भनेन?" उसले मलाइ हेरि।
"हेर, म तिमीलाइ बचन त दिन सक्दिन। तर येदि तिमी चाहन्छौ भने के म तिम्रो कथा हामी नेपालीहरुको वेबसाइटमा प्रस्तुत गर्ने अनुमति दिन सक्छौ। किनभने तेस वेबसाइटमा सन्सारभरिका नेपालीहरुले पढ्छन् र प्रतिक्रिया दिन्छन्। हुन सक्छ तिम्रो पूर्ब प्रेमीले पनि पढ्न सक्छ।" अलिकति अक्मकिदै सोधे।
"एउटा सर्तमा मात्र।" उसले जवाफमा भनी।
"कस्तो सर्त?" मैले सोधें।
"तिमी तेस कथामा मेरो नाम उल्लेख गर्ने छैनौ अनि उसको पनि।" उसले प्रस्ट पारी।
"त्यो त हामीले कसैको पनि गोपनियता भङ गर्न हुँदैन नि। स्योर" मैले उसलाइ भने।
यो कथा लेख्नुको उधेश्य मेरी साथीलाइ उसको पुर्ब प्रेमी (जो नेपाली हो र जसको नाम उसले मलाइ पनि बताएकि छ)सङ एकचोटि उसको प्रस्नको उत्तर दिलाइ दिनु हो। सम्बन्धित ब्यक्ति (साँचिकै उसको कुरा अनुसार) पर्नु भएमा मलाइ एहि साझाको मार्फत सम्पर्क गर्नु होला।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters