[Show all top banners]

ctal
Replies to this thread:

More by ctal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

junio
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 बिराला चुपचाप, मुसा चिँचीँ
[VIEWED 14534 TIMES]
SAVE! for ease of future access.
Posted on 10-15-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिराला चुपचाप, मुसा चिँचीँ


Source: Naya Patrika


image

कसैलाई थाहापत्तो थिएन । प्रधानमन्त्री माधवकुमार नेपालले गोधुली साँझमा छापामार शैलीमा कार्य गरे । गिरिजापुत्री सुजातालाई काँधमा बोकेर असिन-पसिन हुँदै ती राष्ट्रपति भवन पुगे । र, सकल लोकलाई चकित र विस्मित तुल्याउँदै अधिराजकुमारी सुजाताका माथमा तिनले उपप्रधानमन्त्रीको ताज पहिराइदिए । नेपथ्यको कथा सहजै बुझन्िछ । 
माधव नेपाल प्रधानमन्त्रीको कुर्सी अँठ्याएर रुँदै दिए । गिरिजाबाबुबाट उनलाई आकस्मिक बोलाहट भयो । र, श्रीहजुरबाट रौद्र-मुद्रामा आज्ञा भयो, 'म भन्दछु कि एक घन्टाभित्र मेरी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाऊ, होइन भने तिमी सकियौ ।' बस्, धन, सान र सोखले परिपूर्ण गद्दीमा रहिरहन माधव नेपालले झ्याप् दिए । गर्नु गर्‍यौ बलराम मैयाँ बोकेर, चाकरीको धुलिकणमा नाकै ठोकेर !

सुजाता कोइरालाको उर्वर तालुमा जब आलु फल्यो, कांग्रेसी-वृत्तमा औडाहाकारी कोलाहल मच्चियो । कांग्रेसमा जे कहिल्यै थिएन, तिनले त्यो भएन भनेर रडाको मच्चाए । कांग्रेस लोकतान्त्रिक विधिले बनेको संगठन होइन, केवल भीड हो । नेतृत्व चयन गर्ने लोकतान्त्रिक पारा, बहुमतीय निर्णय प्रणाली, पारदर्शी र पत्यारिलो कार्यशैली र कल्याणकारी अर्थ-राजनीति कांग्रेसका लागि एकदमै बिराना कुरा हुन् । कथनीमा लोकतान्त्रिक मूल्य-प्रणाली, करनीमा कोइराला बाजेको स्वेच्छाचारी मनपरी- बस्, यही हो कांग्रेस पार्टीको गुह्य यथार्थ । 

सुजाता कोइराला उपप्रधानमन्त्री बनिन्, म त्यो बन्न पाइनँ- कांग्रेसी रुवाबासीको चुरो कुरो यही हो । नरहरि आचार्य र एकाध युवा अपवादमा पर्दा हुन् । नग्न यथार्थ भन्छ, बाँकी सबका सब उही ड्याङका मूला हुन् । कांग्रेसी जम्बोरी कोइराला परिवारको क्लब हो । वृद्ध गिरिजाबाबु यस क्लबका मूली हुन् । क्लबमा ती जे भन्छन्, त्यै हुँदै आएको छ । निर्वाध, अकण्टक । कार्यवाहक सभापति सुशील कोइराला, उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी ः यी सबै गिरिजाबाबुका खल्तीबाट जन्मेका पदाधिकारी हुन् । शाहीकालमा यस्ताहरूलाई हामी टिके भन्थ्यौँ । जायजन्मका हिसाबले यी पनि टिक्यै हुन् । छक्क पर्नु छ बा- क्लबपति पिताले पुत्री सुजातालाई टिके उपप्रधानमन्त्री बनाउँदा उनैले बनाइदिएका यी टिकेहरू यसरी किन रोएका ? कोइरालाले यीमध्ये कुनै पनि मनुवालाई उपप्रधानमन्त्रीको टीका लगाइदिएका भए ऊ के गर्दो हो ? सके ऊ भन्दो हो- म पुरस्कृत हुँदा राष्ट्र सम्मानित भयो । अनि चटपटे सुजाता टिके उपप्रधानमन्त्री हुँदा नि ?

राजनीतिक पार्टीमा वा राज्यसत्तामा कोही पनि एक्लै तानाशाह बन्दैन, ऊ बनाइन्छ । धेरै आत्महीन र स्वत्वहीन जीवहरूबाट आप\mना निहित स्वार्थपूर्ति गर्न अहोरात्र उसको चाकरी गरिन्छ, भक्ति गरिन्छ र पाउलागी गरिन्छ । उसलाई प्रश्न र आलोचनाभन्दा माथि उठाइन्छ । पार्टीमा विवेक, युक्ति र तर्कलाई ठाउँ राखिँदैन । पार्टी धार्मिक गुठी बन्छ र पार्टी नाइके बन्छ गुठीको मूल भट्ट । यसरी निज मूल भट्टलाई देवत्वको आसनमा विराजमान गराइन्छ । गिरिजाप्रसाद कोइरालाको हकमा पनि कुरा यही हो । उनलाई पार्टीका तानाशाह बनाउनेहरू यिनै हुन्, जो अहिले सुजाता कोइरालाको सुखदायी कुर्सी हेरेर फुस्रा ओठ चाट्दै करुण क्रन्दन गरिरहेका छन् । आफू टिके बनाइनु ठीक, अर्को बनाइनु बेठीक ः यो जिरहमा कुनै दम छैन । पुराना टिकेहरूले नयाँ टिकेको विरोध गर्ने नैतिक हक प्राप्त गर्न पहिले कमसेकम आप\mना टिके पद त्याग्नुपर्छ । आफू तानाशाह-निर्मित टिके भइरहनु र नवोदित टिकेको विरोध गर्नु लज्जास्पद बकबास हो ।

महान् पदलोलुप माधवकुमार नेपाल भगवान्का कृपाले पाएको पद जोगाउन जब सुजाता कोइरालालाई बोकेर शीतलनिवासतिर हिँडे, तिनले कांग्रेसका वृद्ध युवाहरूलाई यसबारे जनाउ दिए । चकित र दुखित भएका कांग्रेसी यो हाम्रो संस्थागत निर्णय होइन, हामी यो मान्दैनौँ भनेर रोए । तर, तिनले आप\mना देवादिदेव गिरिजाबाबुलाई चुइँक्क केही भन्न सकेनन् । जुन पार्टीमा संस्थाको भौतिक र वैचारिक संरचना आकारित भएकै छैन, त्यसमा केको संस्थागत निर्णय हुनु ? दम भए तिनले स्वेच्छाचारी कोइरालालाई अँठ्याउनुपथ्र्यो । तर, कोइरालानिवासबाट फोन आउँदा ती डरले थुर्थुर कामे । बरा तिनले फोन उठाउने आँटसम्म पनि गरेनन् । अनि तिनको दुःख घटाउन माधवकुमार नेपालले के नै पो गर्न सक्थे र ? 

माधवकुमार नेपालसँग न निर्णय गर्ने अख्तियार छ न त क्षमता नै छ । तिनमा न लज्जाबोध छ न इख छ । तिनको पहिलो र अन्तिम विशेषता सत्तालिप्सा हो । बस्, लिप्साको तृष्णाले जल्दै सुयोग्य सुजाता कोइरालालाई शिरमा बोकेर ती हिँडे राष्ट्रपति भवनतिर । योगदानी र त्यागी, विवेकी र अनुभवी, सालीन र मर्यादित सुजाता कोइरालालाई बोकेर ठस्-ठस् कन्दै हिँडिरहँदा माधवकुमार नेपालले मखलेल हुँदै तर्कना गरे हुनन्- छैटीमा ललाटमा भाग्य लेखिदिने करुणामयी भावीश्री ! म यो फड्कोबाट बचेँ । अब भने 'राष्ट्रवादी' लोकमानसिंह कार्कीका हबेलीमा मलाई बिगार्न गिरिजाबाबु र प्रचण्डको गोप्य चोचोमोचो नहुने भो ।
टिके महलका कांग्रेसी वृद्ध युवाहरूको दिग्भ्रमित चिन्तनमा म अन्तर्विरोधको आगो बलेको देख्छु । एकातिर ती भन्दै आएका छन्- माधव सरकार श्रेष्ठतम् एवं निर्विकल्प विकल्प हो । बरु ज्यान जाओस्, हामी यसलाई काँध थाप्न छाड्दैनौँ । अर्कातिर ती टिके अधिराजकुमारी सुजाता कोइरालाको उपप्रधानमन्त्री पदको खोइरो खनिरहेछन् । वास्तवमा माधव सरकारमा कांग्रेसी उपप्रधानमन्त्री बन्न सर्वथा योग्य एवं विकल्पहीन विकल्प सुजाता कोइरालै हुन् । 

माधव सरकार जे-जे पराक्रम गर्दै आएको छ, त्यसमा यिनबाट भयंकर सहयोग पुग्नेछ । फेसन सोको माध्यमले आत्मविज्ञापन गर्न सहयोग पुग्नेछ । राज्यको रहलपहल ढुकुटी रित्याउन सहयोग पुग्नेछ । शान्तिप्रक्रियालाई नर्कको बाटोतिर डोर्‍याउन सहयोग पुग्नेछ । मुलुकका सबै समस्याको हल युद्धमा खोज्न सहयोग पुग्नेछ । विशेष एवं संयुक्त सुरक्षा व्यवस्थाका नाउँमा अर्थ-राजनीतिक र सांस्कृतिक मुद्दाहरूको उपचार बन्दुकको बलले गर्न सहयोग पुग्नेछ । अनि ? जस्ता प्रधानमन्त्री माधवकुमार नेपाल, उस्तै उपप्रधानमन्त्री सुजाता कोइराला ! दुवै हारेका । जनताका नजरमा दुवै गिरेका । दुवै उत्पात पदप्रेमी । भन्छन् नि, भेंडा-भेंडासित, बाख्रा-बाख्रासित । बस्, सुजाता नानी माधवबाबुसित !

यसलाई जेसुकै तन्त्र भने पनि माधव सरकार दुई महापुरुषका औँलाका इसारामा नाच्ने मैनको पुतली हो । एक महापुरुष हुन्, जिपी कोइराला, अर्कार् केपी शर्मा ओली । लाग्छ, कांग्रेस र एमाले पार्टी यी दुई महापुरुषका एकलौटी मौजा हुन् । यी बिराला हुन्, जो चुपचाप राजनीतिको मुसे सिकार गर्छन् । यी दुई पार्टीका बाँकी जनहरू मुसा हुन्, जो हर्दम् चिँचीँ गर्छन्, तर एउटा माखो मार्न पनि सक्दैनन् ।

 
Posted on 10-16-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै घात लाग्दो लेख छ के रे तर कस्ले पढ्ने यो लेख । काँङ्ग्रेसका कार्यकर्ताले पढी केही शिक्षा लिये हुने ।

विशेष
एवं संयुक्त सुरक्षा व्यवस्थाका नाउँमा अर्थ-राजनीतिक र सांस्कृतिक
मुद्दाहरूको उपचार बन्दुकको बलले गर्न सहयोग पुग्नेछ । अनि ? जस्ता
प्रधानमन्त्री माधवकुमार नेपाल, उस्तै उपप्रधानमन्त्री सुजाता कोइराला !
दुवै हारेका । जनताका नजरमा दुवै गिरेका । दुवै उत्पात पदप्रेमी । भन्छन्
नि, भेंडा-भेंडासित, बाख्रा-बाख्रासित । बस्, सुजाता नानी माधवबाबुसित !

यसलाई
जेसुकै तन्त्र भने पनि माधव सरकार दुई महापुरुषका औँलाका इसारामा नाच्ने
मैनको पुतली हो । एक महापुरुष हुन्, जिपी कोइराला, अर्कार् केपी शर्मा ओली
। लाग्छ, कांग्रेस र एमाले पार्टी यी दुई महापुरुषका एकलौटी मौजा हुन् ।
यी बिराला हुन्, जो चुपचाप राजनीतिको मुसे सिकार गर्छन् । यी दुई पार्टीका
बाँकी जनहरू मुसा हुन्, जो हर्दम् चिँचीँ गर्छन्, तर एउटा माखो मार्न पनि
सक्दैनन् ।




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters