[Show all top banners]

चेली
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
  अनुहार

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 24141 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-14-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुहार

( यस कथाका घटना तथा पात्रहरु बिल्कुलै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ )

माइक्रो बसबाट ओर्लिएर, कलेज तिर जाँदै थिएँ, “ हाई रश्मी” पछाडिबाट पूजाको आवाज सुने मैले । “हाई, के छ हालखबर?” मैले भनें । “ठिकै छ, तिम्रो नि, हिजो किन नआएको कलेज?” उसले सोधी । “ अलि सन्चो थिएन त्यसैले” मैले उत्तर दिएँ । “ ए!! अनि एउटा कुरा थाह पायौ ? प्रियाको बिहे हुने रे नि?” उसले भनी । “ हँ , प्रियाको बिहे, अनि प्रविन अहिले पढ्दा पढ्दै बिहे गर्न राजी भाको त ?” छक्क पर्दै सोधें मैले । “ प्रविनसँग कहाँ हो त? प्रिया जस्ती केटीले प्रविन जस्तो गाउँबाट आएर दु:ख गरेर बसेको केटासँग बिहे गर्छे होला त ? खै को चार्टर्ड एकाउन्टेन्ट रे । प्रियाले प्रविनलाई त युज गरेकी हो नि, एक्जाममा हेल्प हुन्छ भनेर ।यति भन्दा पूजाको मुहार भरि प्रिया प्रतिको उसको दृष्टिकोण छल्किएको थियो । हुन पनि प्रियालाई हाम्रो कलेजभरि कसैले मनपराउँदैनथे । पढाइमा राम्रो गर्न नसकेपछि कलेजको टपर प्रविनसँग नजिकिएकी थिइ उ । आफ्नो स्वार्थपूर्तीको लागि मात्र उ प्रविनको पछि लागेकी थिइ त्यो हामी सबैलाई राम्रो थाहथियो, तर प्रविन यी सब कुरा थाह भएपनि, थाह नपाए जस्तो गरेर प्रियाको प्रेममा मानौ पागल नै भए जस्ता भएकोथियो । “अनि प्रविन? उसलाई थाह छ यो सब कुरा? “ मैले सोधें । “ थाह होला नि, सबैलाई थाह भएपछि, ह्या उसलाई नि केही फरक नपर्ला “ पूजाले भनी । “ होइन यार! प्रविन त कहाँ त्यस्तो छ त!” म भन्न खोज्दै थिएँ, मेरो कुरा पनि पुरा नभइ पूजाले भनी – “हेर, प्रिया केटी मान्छे भएर त कहिले एउटा कहिले अर्कैलाई आफ्नो ब्वाइफ्रेन्ड भन्दै हिंड्न उसलाई केही फरक परेन, मायाको पवित्र सम्बन्धमा खेलबाड गर्दै हिंडेकी उही त हो नि! प्रविनलाई के फरक पर्छ र, उसलाई त समाजले पनि केही भन्दैन” नारीबादी, पुरुष विरोधी पूजाले आक्रोसित हुँदै भनी । “हो , त्यही त, खेलवाड प्रियाले गरेकी हो, प्रविनले त साँचो माया गरेको हो नि” साथी भएको नाताले प्रविनको पक्षमा बोलें म । “ ह्या!!! जे भए पनि उ केटा त हो! केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक ल त मेरो ल्याबमा जानु छ, गएँ है “ उसले भनी ।

पूजाका कुराहरुमा विश्वस्त हुन सकिरहेकी थिइन । प्रविन मेरो राम्रो साथी थियो, प्रोजेक्टहरुमा हामी धेरैजसो सँगै हुन्थ्यौं । उसले प्रियालाई मनपराउन र उनीहरुको सम्बन्ध अघि बढ्न थाले पछि उ निकै बदलिएको थियो । कलेज भरिकी चरित्रहीनमा नाम कहलिएकी प्रियालाई उ मुटु रित्याएर माया गर्थ्यो । उसैलाई देखेर मलाई लाग्न थालिसकेकोथियो माया साँच्चै अन्धो हुँदोरहेछ भन्ने पनि । बानी व्यवहारदेखि लिएर अरु यावत कुराहरुमा प्रविन र प्रिया बिल्कुलै भिन्न थिए । प्रियाको बारेमा सबैकुरा थाह भएर पनि, उप्रति मरिमेट्ने प्रविन, कि एकदम महान हो कि त बिल्कुल मुर्ख जस्तो लाग्थ्यो मलाई । “ यसरी प्रियाको यसरी अर्कैसँग बिहे हुने भन्ने कुरा सुने पछि कति निराश भएको होला, प्रविन, पढेलेखेको बुझ्ने मान्छे केही गलत कदम त पक्कै नउठाउला नै…” यस्तै सोच्दै लाइब्रेरी पुगें म ।

कुनाको टेबलमा बसेर पढिरहेको थियो प्रविन । उसलाई पढिरहेको देखिनु कुनै ठूलो कुरा थिएन, पढ्ने खालकै विद्यार्थी थियो उ तर आज ! उसले प्रियाको बिहेको बारेमा केही सुनेकै छैन होला जस्तो लाग्यो मलाई । म उसकै छेउको कुर्सीमा गएर बसें । “ए रश्मी ! अहिले कस्तो छ तिमीलाई सन्चो भयो ? “ उसले सोध्यो । “ हजुर भयो, तिमी यहाँ के पढेर बसेको नि?” मैले सोधें । “ त्यतिकै प्रोजेक्टको केही आइडिया पाइन्छ कि भनेर । “ यति भनेर उ फेरि पढ्न थाल्यो । उसको मनको कुरा पढ्नै सकिन मैले । मनको कुरा मुहारबाट पढ्न नखोजेको त होइन तर उसको मुहार भावशुन्य थियो त्यसबेला । यत्तिकैमा मोहित आयो । मोहितलाई हाम्रो क्लास भरि कै सबै भन्दा हाउडे विद्यार्थी भन्दा खासै फरक नपर्ला, कुन बेला के भन्दा कसलाई फरक पर्छ, उ केही विचार गर्दैनथ्यो, बोल्न पाउँदा जे पनि बोल्थ्यो । प्रविनलाई धाप मार्दै, हाँस्दै उसले भन्यो – “ वाह वाह यस्तो पो हुनुपर्छ; गर्लफ्रेन्डको अर्कैसँग बिहे हुने पक्का भइसक्यो, यो यहाँ पढेर बसेको छ, कुल यार कुल…”  मुसुक्क हाँसे जस्तो गर्यो प्रविन, त्यो मुस्कान मेरो कल्पना भन्दा धेरै बाहिर थियो, म तीनछक्क परें “ बिहे नै गर्न त उसलाई कहाँ सक्थें होला र म? मैले उसलाई छोडेको भनेर सबैका नजरमा म भिलेन बन्नु भन्दा त….” बोल्दा बोल्दै म तिर हेर्यो उसले, म छक्क परेर उसैलाई हेरिरहेकी थिएँ, बोल्दा बोल्दै टक्क अडियो उ, उसको मुहार निकै गम्भिर भए जस्तो भयो अनि उ फेरि अघि कै किताब पढ्न थाल्यो । मेरो कानमा कता कता बाट पूजाको स्वर गुन्जिए झैं लाग्यो मलाई - “केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक”

के साँच्चै प्रविनलाई केही फरक परेन त ? के साँच्चै सबै पुरुष उस्तै भावनाविहीन हुन्छन् त ? कहिले हो जस्तो लाग्छ अनि कहिले होइन जस्तोपनि । यसकुराको जवाफ मैले आजसम्म पाउन सकेकी छैन तर पूजाले भनेको त्यो वाक्य आज पनि दिमागमा आउने गर्छ -“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक” ।।

 

 

 

 


 
Posted on 07-14-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै पुरुष कहाँ उस्तै हुन्छन र प्रिया? जगिया जस्ता पनि हुन्छन। प्रबिण मुटु छोयला- कचिला भएको थियो होला, घाइटे मुटु काइते ले देख्दैन   भन्छन।

चेली, कथा एकदम सान्दर्भिक र गम्भिर छ। उत्तम लेखाइ।


 
Posted on 07-14-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक”

हे हे हे केटा एउटा जात भयो मान्छेको को, केटि अर्को जात। सबै केटा एउटै हुन सबै केटी एउटै हुन अनुहारले त हो नि फरक छुट्टिने! :P

जोक गरेको।

हुन सक्छ त्यतिबेला प्रवीणको मनमा दुई कुराहरु चलिराखेको- पहिलो भित्रि मनले प्रेम गर्छ तर प्रेम गरेता पनि भविष्य राम्रो देख्दैन र दवाएर कथामा भने जस्तो भन्न वाध्य छ वा, उसको प्रेम प्रीयाले नबुझेकोमा यस्तो भन्न बाध्य छ। दोश्रो, कथामा भने जस्तै प्रवीण र प्रीया इक अर्काका मददगार मात्र थिए शायद विभिन्न अर्थमा!

अरु पनि जावस समय  मिलाएर!


 
Posted on 07-14-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नै राम्रो छ -
अब कुरा आयो - “केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक”

अब मेरो प्रश्न - "हुन्छ र?"

भन्छन नि sh*t happens भनेर  - you may sit there looking at the sh*t or just move on.

मेरो बिचार मा he moved on.

हुने कुरा भैनै सक्यो - एस्मा बिलाप गरेर के फाईदा

अब कसैको मन भित्र गएर मन त पढ्न सकिदैन - तर पनि 
मैले कुरा नबुझेको एउटा के हो भने
प्रेम मा धोका पाउदैन - देवदास भएर हिंड्नै पर्ने, जहिले नि उदास हुनै पर्ने - रक्सी पिएर
मातेर हिंड्नै पर्ने र tragedy गीत सुन्नै पर्ने भन्ने छ र - जीवन फिल्म त होइन नि कि फिलिम
मा जे गर्‍यो तेही गर्नु पर्ने -

मेरो बिचारमा प्रबिण ले आफुले आँफैलाई सम्हाल्यो -

“ बिहे नै गर्न त उसलाई कहाँ सक्थें होला र म? मैले उसलाई छोडेको भनेर सबैका नजरमा म भिलेन बन्नु भन्दा त….”

एस भनाइ बाट पनि के लाग्छ भने ऊ आफ्नो तर्क ले आफ्नो मन लाई जित्न कोशीश गर्दै छ -
खुशीको आसुँ हुन्छ भने दु:खको हाँसु पनि हुन्छ होला - यो त हेर्ने मान्छे को नजरमा भर पर्छ - हेर्ने मान्छे ले नदेखेको हो कि हेर्न नचाएको हो -

 


 
Posted on 07-14-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक” ।।

हैन होला............। माथि ३ जना केटाहरुको कुरा सुन्दा त्यस्तै लाग्यो। 

यो प्रश्न त च्याङ्बालाइ सोध्नु पर्ने हो। तर उ बेपत्ता छ।

जस्ट किड्डिङ। राम्रो छ बिषयबस्तु। बुझाइ भन्ने कुरा फरक फरक हुन सक्छ। प्रबिनले साँचिकै पनि भनेको हुन सक्छ अथवा उ भित्रको पीडालाइ छोप्न कोशिस गरेको पनि हुन सक्छ।

मलाइ फेरि एउटा कुरा याद आयो। मेरी साथी भन्थी "केटाहरुलाइ हामी देखि सहदैनौं तर उनिहरु बिना बाँच्न पनि सक्दैनौ।"

चेलि, यो कथा मलाइ रोचक लाग्यो।


 
Posted on 07-14-08 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै केटाहरु उस्तै नहुने रैछन् - सबैले भनेपछि थाह भयो!
जहाँसम्म प्रविनको कुरा छ, उसले मनलाई बुझाइरहेको थियो जस्तो मलाई पनि नलागेको होइन तर फूजाको त्यो वाक्यले दिमागमा अलि ठूलै प्रभाव पारेको थियो त्यसबेला । भन्छन नि, आधा पानी भएको एउटै गिलासलाई कसैले आधा भरि देख्छन् कसैले आधा खाली !!

पढिदिनुभएकोमा सबैलाई धन्यवाद!

 
Posted on 07-14-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन होला। सबै केटा एउटै त हुँदैनन होला। बरु माया एउटै हुन्छ। माया गर्ने तरिका भिन्न हुन्छ।  कोही देखाउछन कोही लुकाउछन। त्यही हो प्रबिणले सोच्यो आखिर दुबै जना को केही कुरा मिल्दैन भने प्रिया उ सँग कहिले खुशी हुन सक्दिन। आफ्नो खुशी त्यागेर उस्ले प्रिया को उज्ज्वल भबिस्य प्रती सकारात्मक दृष्‍टिले हेर्यो। प्रियाले पनि सोची उस्को जब प्रबिण सँग केही कुरै मिल्दैन भने उस्लाई अन्धो मायामा को दिलाशा दिएर जिन्दगी भर दुखी बनाउनु भन्दा केही समय अहिले दुखी हुन्छ तर जिन्दगीभर सुखी हुने शुभकामना सहित आफु उस्को बाटो बाट हटिदीई। 


मैले चाँही त्यही बुझेँ है चेली। सान्दर्भिक लाग्यो यो छोटो कथा र लेखाइ त सधैं राम्रो हुन्छन तिम्रो।

 


 
Posted on 07-14-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

men r the true lover. u might need to correct ur perception cheli.

keep it up though. nice writing.


 
Posted on 07-14-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सबै केटाहरु उस्तै हुँदैन है चेली ! त्यो गलत फेहेमीलाई निकाल्नु पर्‍यो मनबाट !
सबै केटाहरु उस्तै भा' भे .........................सबै केटाहरु उस्तै भा' भे..........

होस् नभनुम होला है
एकदम यथार्थ घटना राम्ररी पस्केकोमा बssssssधाई
 
Posted on 07-14-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला दिपीका, त्यस्तै होला!

ek@l, My  perception (for the boys) is not so bad. हुन नै कसरी सक्छ र? मेरो जीवनमा बा, काका, मामा, दाजु, भाइ, साथी र जीवनसाथीका रुपमा पनि सहयोगी त मिलनसार पुरुषहरु यत्र तत्र हुनुहुन्छ ।
एउटा कुरा र त्यो कुरा ले मेरो जीवनमा पारेको प्रभावलाई प्रस्तुत मात्र गरेको हो!
भनें नि यो सब  दृष्टिकोणको कुरा हुन सक्छ । प्रविनको मुहारमा भएको गाम्भिर्य, प्रियाबाट टाढा हुनुको दु:ख पनि हुनसक्छ, रश्मीले नबुझेकीपनि हुनसक्छे । 

पढिदिनुभएकोमा धन्यवाद!

 
Posted on 07-14-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्ने के भन्ने खै कथा राम्रो है ।।।
 
Posted on 07-14-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घत लाग्दो कथा रहेछ। अरु पनि लेख्दै गर। 
हरेक मान्छे अर्को मान्छे भन्दा भिन्न हुन्छ। सबै लाई एउटै चस्मा ले हेर्नु भनेको असार मा आँखा फुटेको गोरु ले सधैं हरियो देखेको जस्तै हो। कोही रोइरहेको मनको आसु दबाएर मुखमा हासो छर्दै हिंड्न सक्छन भने, कोही केही न हुँदा पनि गोहीको जस्तो आसु चुहाउदै हिंड्न खप्पिस। कसै को अनुहार हेरेकै भरमा मन को कुरा बुझ्नु चाही साह्रै गाह्रो काम हो।
 
Posted on 07-15-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बोरो! हुँदैनन् हौ हुँदैनन्, त्यो मेरो मनको कुरा होइन नि, पूजा र रश्मीको पो!
यथार्थ घटना रे फेरि
धन्यवाद
हर्कदाइ किन त्यस्तो असमञ्जसमा पर्नुभा? के भो ?
नेप्चेदा' धन्यवाद!  "कोही रोइरहेको मनको आसु दबाएर मुखमा हासो छर्दै हिंड्न सक्छन भने, कोही केही न हुँदा पनि गोहीको जस्तो आसु चुहाउदै हिंड्न खप्पिस।" वाह कति राम्रो कुरा!!
 
Posted on 07-15-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहरु सबै उस्तै हुन्छन भन्ने कुरामा मेरो पनि सहमती छैन है चेली। छोटो भये पनि एक्छिन सोच्न पर्ने बनाएकोमा बधाई छ तिमीलाई।
 
Posted on 07-15-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli malai ni ramro lagyo yo katha. :)
 
Posted on 07-15-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli, katha ramro lagyo..chhoto mitho

nepchu le bhaneko malai man paryo...

 


 
Posted on 07-15-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Keta haru sabai eutai hun anuhaar maatra pharak' Cheli pani kyaa dine ke...j/k.

I would say it's totally a individual thing. All guys are not same at all but most of them know how to

handle the situation.

Good one though!!


 
Posted on 07-15-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to all for the beautiful words of appreciation.
 
Posted on 07-19-08 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर भयो, तिमी यहाँ के पढेर बसेको नि?”

एउटै मान्छे लाई पहिले हजुर अनी फेरी तिमी?

अनी के हो चेली नानी, कथा पनि लेख्दी रछौ त।

र पुल्चोकको कुरा गर्या प्रटै भो मलाई। एस्ता उस्ती त धेरै हुन्थे जस्तो लाग्छ पुल्चोकमा।
ल ल अरु पनि घटना दुर्घटनाहरु पस्कदै जाम।

अब सिरियस कुरा गरुम। मैले देखेका धेरै धोकाहरुमा पुरुषहरु पीडित छन र यो कथामा पनि तेस्ताइ भयछ। तेस्ले मेरो साध्यलाई सिद्ध गर्न सहयोग गर्‍यो। अब तो साध्य के हो भनेर चाँही नसोधम, फेरी यता उंधो कुटाइ खाइयला महिला ब्रिन्धको।

सबै पुरुष उस्तै हुन त? तो त न पुरुषमा लागु होला न नारिमा। म अरु कोही जस्तो छु भन्ने त कदापी लाग्दइन? 


 


 
Posted on 07-20-08 3:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जी,

जीवन को बर्णन र जीवन भोगाइमा धेरै अन्तर हुन्छ। भावना कुनै लैङीक प्रतीबिम्ब हैन। यहाँ अचानो चोइटीयर सकीदा पनि आफ्नो धार हराएको गुनासो गर्छन् खुकुरी हरु। घटनाक्रम राम्रो लाग्यो राहुलदाइले भने जसतै।

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters