[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 216145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-11-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! दादा!! ल ल दामी भएछ गाडीमा!! तपाईँकै दिन छ!

आफुँ त गाडीमा यात्रा गर्दा न त कहिले युवामन्च बोक्ने बुद्धि आयो, न त त्यस्ता मगर्नी भेटियो। जहिले त्यो त्रिसुली खोला हेर्ने बाहेक् केहि उपलब्धि भएन। बरु उल्टो एक दुईपटक भने त्यो कृष्ण भिर रातभरि थुनिएर बिजोग भाको छ।

क्या याद आयो हौ त्यो बेलाको!

दादालाई धन्यवाद!!

:-)
 
Posted on 11-11-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बोल्नि ट्याम् छैन, दादाको कथा पढ्नि त परै जाओस्।

तर एउटा खुलदुली पोखी हाल्न मन लाओ।

आस्था कतै मेरी बुहारी र अरुकी भाउजु त परिनन्? अस्ति नै देखि मनमा ला'को कुरो नि एउटा। गल्ती से मिस्टेक भा' रैच भुने चईं माफी जाहेर!
 
Posted on 11-11-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

आज त अल्छि लागिरा'छ मलाई!

दादाको कथा मजाको रैछ तर आस्थाले भने झैं पुरानो जस्तो लाग्यो।

जिम्माल बूढा,
हाम्रोमा त झमक्क रात परिसक्यो।

अनि पून्टेदाई,
चौतारी जमघट चैं कहिले हुने हो? को को आम्छन्? ;)
 
Posted on 11-11-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल छोड्यो हिजाँ खोया बिर्केले, जापुनी भाषाआँ के के लेख्याथ्यो, बुझ्या भे मोरिजाम । खास्सा दरो रैछ ऐले सम्म टाउको घुमाइराछ ।
लौ गाम्ले'रु जम्मा भइ सक्यारैछन चौतारीआँ । दादा नि आरेछन्,आस्थालाइ सम्झदैं, नेप्चे, कुम्ले, चित्रे के छ हो हालखबर, जमिसक्या हो ?
अनि जिम्मालबा बिहान बिहानै हाsssssssssइ अर्दै सप्पैलाइ उठाउँदै गर्दै हुनुहुन्छ नि, केइ खास् पिरोगिराम छ कि क्या हो आज चौतारीआँ, धान भित्र्याइसक्नु भो ?
अनि पुन्टे दाइ, भ्याइ न भ्याइ छ जस्तो छ नि शनिबाराँ दिन नि, ज्यान लाइ कस्तो छ, हिजाँ खोया बिर्केले घुमाइरा छैन ?
जय होस् । । । ।
 
Posted on 11-11-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि चौतारिलाई कान्ला मुनि झारेछन्!
लु माथि उचालेँ।..... कता अन्मरिएछन सपै???
 
Posted on 11-11-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि चौतारिलाई कान्ला मुनि झारेछन्!
लु माथि उचालेँ।..... कता अन्मरिएछन सपै???
 
Posted on 11-12-06 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल आ'को बिदा! गए होलान् सप्पै जना माछा मार्न!
 
Posted on 11-12-06 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि चौतारिलाई कान्ला मुनि झारेछन्!
लु माथि उचालेँ।..... कता अन्मरिएछन सपै???

गए होलान् सप्पै जना माछा मार्न! बल्ल बल्ल आ'को बिदा!
 
Posted on 11-12-06 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि चौतारिलाई कान्ला मुनि झारेछन्!
लु माथि उचालेँ।..... कता अन्मरिएछन सपै???

गए होलान् सप्पै जना माछा मार्न! बल्ल बल्ल आ'को बिदा!
 
Posted on 11-12-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनि वान फ्रम चौतारी भिलेज?? लेट्स डु सम रिसर्च!! :पि
 
Posted on 11-12-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽई

अस्ति शुक्रबार त होईन, तर हिजो त मुईले नि लडाईदिएं झ्याम्मै। अझै नि सुत्न पाए हुन्थो के रे, तर आज त कार्जेकरम छ। टाउको घुमा'र के के हुनि हो कार्जेकरम मा अब!

अहिले देखा पर्नि हरु, कुम्ले, नेप्चे, ग्वाँचे, साष्टाङ्ग दण्डवत!
 
Posted on 11-12-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म हाजिर हुन मात्र छिरेको। नमस्कार है सबै चौतारिबासिहरुलाई।
 
Posted on 11-12-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले हरु लाइ शुभ प्रभात (रात्री भको ठाम मा चाइ शुभ रात्री)

आमृका तिर का गाम्ले हरु त अझै मस्त निन्द्रामा छन जस्तो छ। पक्कै पनि हिजो नि खोएबिर्को लगाए होलान क्यारे।
आस्था त आइ सकिछन बिहानै हाजिर गर्न लाइ। हुन त आज सनडे हो, स्कुल त छुट्टी छ क्यारे। आस्थाले स्कुलमा भर्ना भएर रोल नम्बर लिसकेको हो?
 
Posted on 11-12-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के को रिसर्चको कुरा गरेको नि कुम्ले दाइ ले? आफ्नै रिसर्चले टाउको खाएर कपाल नि झर्न थालि सको। २-४ बर्समा त पुन्टे दाइ कै जस्तो सिनित्त परेको हुन बेर चैन बाबै। अनि त म नि तिहार मा त्यो ओख्खर मेरै खप्पर मा फुटाउनु पर्ला।
पुन्टे दाइ ले साष्टाङ्ग दण्डवत रे।
लु दाइ लाइ झन् भयन्करको साष्टाङ्ग दण्डवत।
 
Posted on 11-12-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात!

ग्वाँचे, यामे, गालऊ, नेप्चे, कुम्ले, पुन्टे बुढाsss दाई, आश्था सपैलाई जदौ!
नेप्चेsss !! हन ए नेप्चेssss!!! ,नेप्चे होsssss!!!
के खार दुई-चार बर्ख लाउनु नि गाँठे, आगुँ हुँदा तिम्रा कन्चटका अलि अलि कपाल मात्तै बाँकि रहलान येई ताल हो भने। लु अब आउने बैशाख सम्ममा घरजमको जोहो गर।

....हाsss मया लाम्ने कईले हो
पिर्ति गाँस्ने कईले हो
मया लाम्ने कईले हो,पिर्ति गाँस्ने कईले हो
जाम कि क्या हो म पनि डिस्कोमा...

 
Posted on 11-12-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, यामे, गालऊ, नेप्चे, कुम्ले, पुन्टेदा, आश्था,जिम्माल् बा लु मुइले नि नमस्ते अरे सप्पै लै
 
Posted on 11-12-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो माष्टरनी नानी आउनुभएछ।
ल नमस्ते छ मेरो नि हजुरलाई। अनि आज नि इस्कुल खोल्न लाउनुभओ कि के हो?
कोई भुराभुरि देखिन्नन त यताहुँदि?

नाईटै देखुन तमाखुको तलतल लाएर आओ गाँठे! यो बुडेसकालाँ खोकेरै मरिने भैयो!
हरिशरणम्!
 
Posted on 11-12-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गर्दै गरुम् क्यारे यहाँ!
म चाँहि देश घुम्दै छु अरु थ्रेडहरुमा!!

:पि
 
Posted on 11-12-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बा, मिस, नेप्चे, पूण्टे, क्यामे, आस्था

सबैलाइ नमस्ते

जमघट सुरु भएछ चौतारिमा
 
Posted on 11-12-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

आज यौटा कथा लिएर आएको छु। यसमा प्रयोग गरिएका नामहरू परिवर्तन गरिएका छन्। अब केही दिन चौतारीमा सक्रिय रूपमा आउन पाउँदिन होला। तैपनि यस्तो चियाउँदै भने गर्छु।

तामाङ्सेलो र डम्फू

कुरा म कक्षा ३ पढ्दातिरको हो, हाम्रो स्कूलमा हप्ताको दुई दिन अतिरिक्त क्रियाकलापको कक्षा सञ्चालन हुन्थ्यो, जस् अन्तर्गत बिद्यार्थी आफैंले जिम्न्याष्टिक्स्, योगा, नृत्य, पीटी आदी मध्ये एक छान्नु पर्थ्यो। मलाई जिम्न्याष्टिक्स् गर्ने मन थियो, विद्यार्थीहरू स्प्रिङ्बोर्डबाट बुर्लुक्क उफ्रेर हावामा घुम्दै मज्जाले ल्याण्ड गरेको, लामा स्पन्जका चकटीहरूमा नरोकी हात र खुट्टाले टेक्दै घुम्दै अघि बढेको देख्दा मलाई पनि त्यस्तै गर्ने रहर लाग्थ्यो। घरमा मैले जिम्न्याष्टिक्स्मा जाने इच्छा व्यक्त गरें। तर जेठी दिदीले भनिन्, ‘जिम्न्याष्टिकस् मा गईस् भने त घरभरि उफ्रेर घरै भत्काइहाल्छस् नि, पर्दैन। बरू डान्सिङ् मा जा।‘

बुबाले पनि मैले अलि सानोमा स्टेजमा गरेका नाचहरू सम्झनुभएछ र भन्नुभयो, ‘तिमी त्यस्तो राम्रो नाच्छौ, पुरानो अनुभव पनि छ, डान्सिङ् मै जानु अहिले, बरू अलि ठूलो भएपछि जे मा मनपर्छ त्यसमा जाऊ।’

मैले घरको आग्रहलाई टाल्न सकिनँ र डान्सिङ् क्लासमा नाम लेखाएँ। तर हाम्रो नृत्य प्रशिक्षक अत्यन्त कडा मिजासका थिए, सबै विद्यार्थीहरू उनलाई देख्ने बित्तकै त्राहिमाम हुन्थे। मोटो शरीर, छोटो कद, कालो वर्ण, सिनित्त खप्पर भएको उनलाइ देख्ने बित्तिकै मलाई कुनै फिल्मको भिलेनको याद आउँथ्यो। अरू शिक्षकहरू हामीलाइ तर्साउनु पर्यो भने, ‘डान्सिङ् सरलाई बोलाईदिउँ?’ भनी तर्साउँथे।

अब यस्तो काल भैरव जस्तो नृत्य प्रशिक्षक पाए पछि त मलाई प्रारम्भमै वितृष्णा जाग्न थाल्यो। नाच्दा पनि कहीं कतै बिगार्ने बित्तिकै सजायँ पाईहालिन्थ्यो, कम्तिमा पनि गाली त खाइन्थ्यो। तर म भने यस्तो गल्ती कतै नहोस् भनी सधैं सचेत रहन्थें, फेरी ठूलो समूहमा अभ्यास गर्दा चैं उनले मेरो गल्ती पत्ता लगाइहाल्न सकेका भने थिएनन्। अभिभावक दिवस नजीक आइरहेको थियो, उक्त कार्यक्रममा नाच्नको लागि हाम्रो कक्षाबाट केही विद्यार्थीहरू छानिन्छन् भन्ने कुरा मैले थाहा पाइसकेको थिएँ। यदि म पनि छनोटमा परें भने त कति पिटाई खाइन्छ होला भन्ने कुरा सोच्दा सम्म पनि मेरो मुटु ढुकढुक गर्थ्यो। त्यसैले मैले यस्तो योजना बनाएँ कि उक्त नृत्यको लागि छनोट कार्य पूरा नभएसम्म डान्सिङ् सरको नजरमै नपर्ने।

म दुई तीनवटा नृत्यको कक्षाहरूमा जानी जानी उनले नदेख्ने ठाउँमा लुकेर बसें। छ जना केटा र छ जना केटी उनले छाने। छनोटमा परेका साथीहरूलाई देखेर मनमनै भनें, ‘खुच्चिङ्! अब तिमीहरूले डान्सिङ् सरको दह्रो पिटाई भेट्ने भयौ।‘
नभन्दै भयो पनि त्यस्तै, रवि र अनिलले ठीक पाइला नचालेकोमा केही झापड खाए, र बिचरी सृजनाले पनि राम्ररी घुम्न नजानेकीले भुत्ल्याईपाइन्। मलाई त्यस्तो दृश्य देख्दा निश्चय पनि राम्रो त लागेको थिएन, तर आफू लुकेर छानिनुबाट बचेकोमा भने खुशी लागिरहेको थियो। भोलिपल्ट भने म निश्चिन्त थिएँ किनकी छनोट सकिसकेको थियो, त्यसैले मैले लुकिरहने कुनै आवश्यकता महसूस गरिनँ। दुर्भाग्यवश हिजो अलि बढी पिटाई खाने रवि डरले आज अनुपस्थित भएछ, डान्सिङ् सर रीसले भुत्भुताउँदै यताउता आखा घुमाउँन थाले। म अगाडी नै बसिरहेको थिएँ र आज कतै लुक्ने अवसर पनि पाइनँ, र यत्रो विद्यार्थीहरूको बथानमा उनले मलाइ नै रोजे। मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्यो, खुट्टा काम्न थाल्यो ओठ सुक्यो, तैपनि उठेर अगाडि गएँ। आज चैं अरू साथीहरूले मनमनै मलाई ‘खुच्चिङ्!’ भनिरहेजस्तो अनुभूति भयो।

मैले पहिलो दिन निकै मेहनत साथ नृत्य सिकें, कहीं कतै भूल नहोस् भनेर अत्यन्त होसियार भएँ, र फलस्वरूप मैले डान्सिङ् सरको पिटाई त के सानो गाली पनि खानु परेन त्यो दिन। फेरी मेरी नृत्यकी पार्टनर प्रिया पनि साह्रै निपुण थिईन्, उनको प्रशंसा डान्सिङ् सर समेत मुक्त कंठले गर्थे। उनको त्यो सुन्दर मुहार र कलात्मक नृत्यले मेरो मन प्रफुल्लित पारिदिन्थ्यो। हाम्रो नाच तामाङ् सेलो थियो र हामी कहिले हात समात्दै, कहिले घुम्दै नाच्थ्यौं। प्रियालाई आफ्नो डान्स् पार्टनरको रूपमा पाएर म खुशी थिएँ।

हाम्रो तयारी अघि बढ्दै गयो, मैले अत्यन्त होशियारी पूर्वक नृत्य सिक्दै गएँ, कहीं गल्ती गरिनँ, यो देखेर डान्सिङ् सर पनि म देखि प्रशन्न भए। अभिभावक दिवस पनि आइपुग्यो, हाम्रो कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुने तय भयो। त्यस दिन हामीलाई बिहानै बोलाईएको थियो, म प्रज्ञा प्रतिष्ठानको पछाडीपट्टीको चौरमा पुग्दा प्रिया लगायत अरू साथीहरू पनि आइपुगिसकेका थिए। प्रियाले आज रातो जामा लगाएकि थिई, दुइ चुल्ठो बाटेकि र हातमा ससाना गुलावी रंगका चुरा लगाएकी थिई। गोरो अनुहारमा हल्का मेकअप पनि गरेकी प्रिया आज असाध्यै राम्री देखिएकी थिई।

हामीले दिउँसो भरी अभ्यास गर्यौं, कार्यक्रम साँझमा थियो। स्टेजमा गर्ने नृत्यमा चैं केटाहरूको पहिरन दौरा, सुरूवाल, टोपी, ईस्टकोट थियो, र हातमा डम्फू लिनुपर्थ्यो। केटीहरूको पहिरन चैं चोलो, पटुकी र जामा थियो। लक्ष्मी मिस, सीता मिस र विद्या मिस हामीलाई मेकअप र पहिरन मिलाईदिनको लागि हुनुहुन्थ्यो।

‘जीवन र चित्रे अगाडी नाच्ने भएकाले यो निलो दौरा सुरूवाल लगाउने, ल लेऊ’, लक्ष्मी मिसले भन्नुभयो।

हामीले लियौं, अनि सीता मिसले लगाउन सघाईदिनुभयो। अरू पनि दुई दुई जनालाई एकै रंगको दौरा सुरूवाल बाँडियो। विद्या मिसले मेकप गरिदिनुभयो, आठ नौ वर्षको उमेरमा जुंगा पनि कोरिदिनुभयो, हामी ऐना हेर्दै हाँस्यौं। केटीहरू पनि तयार भइसकेका थिए, कलेजी रंगको चोलो, सेतो पटुकी र रातोमा पहेंलो बुट्टा भएको जामा प्रियालाई बेजोड किसिमले सुहाएको थियो। म आफ्नो कृत्रिम जुंगा कोरिएको अनुहार लिएर उनलाई नियालिरहेको थिएँ।

अघि दौरा सुरूवाल लगाए देखि मलाई पछाडी खुट्टामा हावा लागेको जस्तो भइरहेको थियो, कारण भने मलाई थाहा थिएन।

‘लौन नि, यो चित्रेको सुरूवाल त पछाडी च्यातिएको रहेछ !’ एक्कासी विद्या मिस कराउनु भयो।
‘ए हो त रैछ नि।‘ सीता मिस हाँस्न थाल्नु भयो।
अरू साथीहरू पनि हेरेर गलल्ल हाँसे। म लाजले रातो पीरो भएँ।
‘चित्रे, ल यता आऊ म सिलाईदिन्छु।‘ लक्ष्मी मिसले मिलाएर सिलाइदिनुभयो।

स्टेजमा जाँदा मुटु ढुकढुक भइरहेको थियो, तेजिला बत्तीहरूले आखै तिर्मिरायो। दर्शकदिर्घामा यस्सो चियाएँ, आमा बुबालाई देख्छु कि भनेर, तर कसैलाई चिन्नै सकिनँ। हाम्रो नाच पनि शुरू भइहाल्यो, टीभीको क्यामेरा पनि थियो, अब टीभीमा पनि आउने कुराले मन हावामा उड्न थाल्यो। डम्फू हल्लाउँदै, हात समाउँदै नाच्दा नाच्दै हाम्रो नृत्य पनि सकियो।

घर फर्किने बेलामा बुबा, आमा, दिदी, ठूलो बुबालाई भेटें र सँगै बसमा चढेर फर्क्यौं। मेरो माथिल्लो ओंठमा कोरिएको जुंगा देखेर बसमा मानिसहरू मुसुमुसु हास्न थाले।

‘हिजो देखि कहाँ गएछ भनेको त केटीको पिटाई खान पो गएको रहेछ!‘ हाम्रो नाचमा केटीले केटालाई पिट्ने एक अंश सम्झेर ठूलो बुबाले जिस्काउनु भयो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters