[Show all top banners]

Mohammad Tajim
Replies to this thread:

More by Mohammad Tajim
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Breaking News --- Maoist Attack KTM

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 28332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-14-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dont know for sure but ppl in ktm are hearing bomb explosion and following are the news coming from nepal

- http://www.nepalnews.com/archive/2006/jan/jan14/news10.php

-http://kantipuronline.com/kolnews.php?&nid=62634
 
Posted on 01-14-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They(The coward armed force of nepal) had an idea that there was going to be an attack (it was all over the news last week) very soon but see what happened they could not foil it . was it this their negligence or this means that thery are loosing it and Moists are soon taking over????
 
Posted on 01-14-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-14-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबसैमाजी,

कुरो ग-यो कुरा बढ्छ। बुँदाबुँदामा जानुपर्ला।

जनताको शासन हुनुपर्छ, नेपाली जनता रैती हैनन् भनेर मीठा मीठा भाषण त धेरै सुनियो नि। (मौका मिल्दा मैले नि गर्दिन्छु अलिअलि।(
सम्सदीय निर्वाचनमा भाग लिएर ९, १० स्थान ल्याएर सत्ता पुग्न नसकेर अनि हतियार बोकेका माओबादी र राजाको सेनाको अगाडि
यी मिठा भाषणको कुनै औचित्य छैन। अर्कोतिर कुर्सिमा पुगे सबै ठिक नपुगे सबै बेठिक भनेर बिदेशिको इसारामा चल्ने भन्ने लोकतन्त्रबादीहरुको पनि कुनै औचित्य छैन।

राजाले तँ बस् भने बस्ने हैन भने गद्दी छोड्ने कुरा पनि आउँदैन।
यदि आउँछ भने २ तिहाइ बहुमतले अहिलेको सम्बिधानले धेरै सुधार गर्न सक्थ्यो (राजा फाल्ने काम त सक्दैन है। यो सम्बिधानले।)

त्यो त भएन नि। तेसमा त राजाले काँडा लगाको थिएन नि।


deoneofakind ,
हो भन्या, यसलाई मैले पनि सेनाको कमजोरीको रुपमा लिएको छु है। यतिका दिनसम्म मकवानपुरका दुर्गम क्षेत्रमा पनि Operation हुनुपर्ने थियो।
 
Posted on 01-14-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ळाल पारि सहि कुरा गर्नु भो "fiinal Battle for Nepal has begun!!! Sad day!!". तर जहिले पनि सुनौला बिहानि का लागि काल रात्रि हरु पार गर्नु पर्छ, सायद तपाइ ले पढनु भएको छ कि छैन जे भए पनि मलाइ याहा भुपि शेरचन को एक हरफ भन्न मन लाग्छ " हुदैन बिहान मिरमिरे तारा झरेर नगए , बन्दैन देस दुइ चार सपुत मरेर नगए "

सायद सबैले प्रतिकार नगरेको भए हिटलर ले ज्युइस को अस्तित्ब नै मेट्टाइ दिन्थ्यो होला त्यस्त्यै आजका यि हत्यारा ज्ञाने ले पनि लोकतन्त्र को आबाज लाइ पनि साहि सैनिक का बुट र बुलेटहरुले बन्द गराउने सपना नदेखेका होइनन्, उनले के गरेनन् न्यायलाय कब्जा गरे, संचार माध्याम कब्जा गरे, सैनिक त उनकै पेबा, कर्मचारि हरु लाइ पनि कानुन परिबर्तन गरेर बोल्ने मुख बन्द गराए।

तर हामि भाग्यमानि रहेछौ धेरै ले प्रजातन्त्र को बारे मा बुझेका थिए हाम्रा समाज मा पहिला २०१७ भन्दा नत्र अर्को ३० साल कुर्नु पर्थ्यो आन्दोलन को लागि। अहिले यो राक्षस सरकार फेक्नको लागि आन्दोलन सुरु भएको छ, यसमा तपाइको साथा चाहिएको छ देसलाइ तपाइ को सपोर्ट को खाचो छ, यो देस द्रोहि हत्यारा, नेपालि आमा का बल्तकारि लाइ सधासधा को लागि बिदा गर्न ।
 
Posted on 01-14-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई साझा बसैमा मित्र को कुरा केहि ठिक लाग्यो। प्रजातान्तवादि नेताहरु ले बितेका बर्षहरु मा गल्ति गरे भन्दैमा प्रजातन्त्र गलत हुदैन दादा जी। केहि नेताको गल्तिले फासिवादिहरु कहिले पनि सहि हुदैनन्।यो इतिहासले समेत् देखाइ सकेको कुरा हो। रह्यो मावोवादी को कुरा- अन्य देशको आधारमा नेपालका मावोवादी को मुल्याङ्कन् गर्न मिल्दैन जस्तो मलाई लाग्छ। मावोवादी र शाही सेना को त के तुलना गर्नु नि! एउटा जनताको अधिकार, जन जीविकाको ग्यारेन्टी को लागि लड्छ अर्को एउटा फासिवादी राजाको निम्ति मात्र लड्छ। फरक आफै छुट्याउनु पर्ला।
 
Posted on 01-14-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा कुरा भनेको यस्तै हो। यो बढनु पर्छ एउटा निर्कोल मा पुग्नु पर्छ । जनताको शासन हुनुपर्छ, नेपाली जनता रैती हैनन्, यि कुनै मिठा भाषण होइन, अब तपाइ धर्य गर्नुहोस धेरै दिन छैन, सुर्यका उज्जयालो किरण ले कालरात्रि लाइ पन्छाउदै पाहाडि टाकुरा हरु मा आफ्नो छाप छोडिसकेको छ अब बाकि छ केहि समय तपाइ सम्म आइपुग्न र तपाइ तयार हुनु त्यसलाइ स्वगत गर्न ।
म यहा भन्न चाहान्छु दादा म माओबादि को भक्त होइन न त म उनिहरुको शासन प्रणालि को समर्थन गर्छु म केबल एक प्रजातन्त्र को लागि लडने एक नेपालि हो, र नेपालि आमा लाइ दिन दहाडै बल्तकार गरेको हेर्न नसक्ने नेपालि, म एउटा लोकतन्त्र मा बिश्बास गर्ने नेपालि।

तपाइले भन्नु भयो संबिधान को कुरा, दादा कुन धारा मा छ राजा लाइ बद्लन सक्ने काहा छ नेपालि जनता राजा बन्न पाउने धारा प्लिज एक पटक भनि दिनुस। तपाइ ले भन्नु भयो २ तिहाइ ले परिबर्तन गर्न सक्छ बिधान तर जहिले पनि नेगेटिभ भुमिका खेलन्ने दरबार ले कहिले गर्यो प्रजातन्त्र को बिकास को लागि।अनि के शैरबाहादुर देउबा जनता ले जिताएको मान्छे थिएन ।
दादा पारस ले कति नेपालि मार्यो कसले गर्न सक्यो कार्बाहि भोलि गएर तपाइ एक मार्नुस त तपाइ लाइ के हुन्छ सजाय। देस मा कोहि रैति होइन सबै जनता हुन।

हेर्दै जाउ राजा ले पद छोड भन्दा छोड्छन कि छोडदैनन् किनकि त्यो दिन धेरै टाढा छैन भर्खर त पार्टि हरु ले राजा लाइ निकालेका छन बिधान बाट। जे भए पनि तपाइ तयार भएर बस््नु होला दादा।
 
Posted on 01-14-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा बसैमा मित्र तपाई ठिक् भन्नु भो। नेपाल मा नेपाली ले गरेको आन्दोलन् रैतिवाट जनता हुनको लागि गरेको आन्दोलन् हो सारान्समा भन्नु पर्दा्
 
Posted on 01-14-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamle bhanera huncha ra daiba ko ke cha sangati kaslai ke tha?

man proposes god disposes bhanthiyo sanchai ho ki jato lagna thalyo yo semi-nastik birbhadra lai
 
Posted on 01-14-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा यहि हो बिरादार, तपाइ लाइ कसैले मार्यो भने मार्ने ले सजाय पाउनु पर्छ । यो होइन कि समाज मा झन उसको प्रतिष्ठा बढोस । सबै नेपालि नेपालि हुन सबै जनता हुन न त कोहि रैति न त कहि भगवान।
 
Posted on 01-14-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पक्कै पनि । नेपालको भाग्य नेपालीले लेख्न पाउनु पर्छ।
 
Posted on 01-14-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey dadagiri k bhanna khojeko haaaaaaaaaaaaaa!!!!!!!!!!!!!!!!!!!!!! u still think that raja are the incarmation of lord bishnu or what?????????????????????
 
Posted on 01-14-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तपाई एउटि केटीलाई मन पराउनु हुन्छ र त्यसलाइ प्रेम प्रस्ताव राख्नुहुन्छ। तर, त्यसले, दुई दुई पटक नाई भनी भने, तपाई अझै पनि त्यसैको पछि लाग्नी कि आर्की केटि खोज्नी?
अब, "म त्यसलाई सच्चा प्रेम गर्छु", आदि ईत्यादि कुरा नगर्नुस, किनकि बलजफतीले हुँदैन। तपाईको कि त बहुलाउनु कि त मर्नु बाहेक अरुकुनै बिकल्प छैन। नभए त्यसलाई मनबाटै निकालेर फाल्न सक्नपर्यो।

साझाबसैमा र जीवन३० जी, माथिको कथामा, तपाईहामी, त्यो प्रेमी हौं, त्यो केटी प्रजातन्त्र हो। बहुलाउनु भनेको अहिले कै स्थितिबाट गुज्रिरहनु हो र मर्नु भनेको माओबादीमा लाग्नु हो। र, मन बाटै निकालेर फाल्नु भनेको तानाशाहि ब्यवस्था स्विकार गर्नु हो।
 
Posted on 01-14-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा कुरा भनेको यस्तै हो। यो बढनु पर्छ एउटा निर्कोल मा पुग्नु पर्छ ।
>म त पुगिसक्या छु। आन्दोलनको चुनामी पनि देखियो। राजा पाल्या पनि देखियो। सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो।

तपाइले भन्नु भयो संबिधान को कुरा, दादा कुन धारा मा छ राजा लाइ बद्लन सक्ने काहा छ नेपालि जनता राजा बन्न पाउने धारा प्लिज एक पटक भनि दिनुस।

>अहिलेको सम्बिधानले सक्दैन भनिराछु त।

दादा पारस ले कति नेपालि मार्यो कसले गर्न सक्यो कार्बाहि भोलि गएर तपाइ एक मार्नुस त तपाइ लाइ के हुन्छ सजाय। देस मा कोहि रैति होइन सबै जनता हुन।

>अन्तरिम कालमै शेर बहादुर गृह मन्त्री हुँदा गोलि हानेर ८ जना मारेको पनि देखियो।

हेर्दै जाउ राजा ले पद छोड भन्दा छोड्छन कि छोडदैनन् किनकि त्यो दिन धेरै टाढा छैन भर्खर त पार्टि हरु ले राजा लाइ निकालेका छन बिधान बाट। जे भए पनि तपाइ तयार भएर बस्नु होला दादा।
> म तयार छु। पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु। र भनेको गिलो तानासाही चाहिन्छ भनेर। त्यो ज्ञानेन्द्र नै हुनुपर्छ भन्या चैँ होइन।

अहिलेलाई छोटकरीमा बोलेर सुतेँ।
 
Posted on 01-14-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गुडनाइट।
 
Posted on 01-14-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाइप मिस्टेक भे छ धेरै।

गतिलो तानासाही चाहिन्छ।
 
Posted on 01-14-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा यो विषयलाई प्रेमिका सङ्ग तुलना गर्नु ठिक् होला र! भावनाको कुरा र रियालिटि कसरी तुलना गरौ????
 
Posted on 01-14-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै ब्यवस्थामाथि, यत्रो धोका हुँदापनि बिस्वास गर्न नछाड्नु के त्यो ब्यवस्थामाथिको भावनात्मक संबन्ध मात्र हैन र?
कसैलाई मन पराउनु भावना हो, तर त्यसलाई आफ्नो बनाउन खोज्नु रियालिटिमा आउनु नै त हो।
 
Posted on 01-14-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepesahila तपाइ झुकिन्नु भएछ, समाज र इतिहस बाट अग्लिनु भएछ , यसमा कुनै दुखेसो छैन किनकि तपाइ ले अहिले जुन लेखिरहनु भएको छ त्यस मा तपाईहामी, (त्यो प्रेमी) त्यो केटी (प्रजातन्त्र ), बहुलाउनु (अहिलेकै स्थिति) ,मर्नु (माओबादी),निकालेर फाल्नु (तानाशाहि ब्यवस्था) छ।

कुरा सरल छ
१. समय एउटा गति मा छ अहिलेकै स्थिति (बहुलाउने)मै त सोच्नु नै हाम्रो भुल हुने छ किनकि २०१७साल मा हम्रा पुर्खाले गल्ति गर्नाले पञ्चायति फ्याल्न ३० साल लाग्यो।

२.तपाइ को औलामा रोग लागेको छ सक्नुजेल औषधि गर्नुहुन्छ सक्नु भएन भने निकालेर फेक्नु पर्छ र मलाइ लाग्छ दरबार लाइ पर्याप्त समय दिएका हुन नेपालि जनता ले गल्ति हरु लाइ सच्याउन।

३.फेरि कुरा रह्यो प्रजातन्त्र । यो भनेको जनता ले जनताकै लागि बनाएका हुन त्यसैले हामि बाट टाढा रहन सक्छ जस्तो त मलाइ लाग्दैन अनि २, २ पटक हामि बाट खोसिएको हो , हामि बाट लुटिएको हो पद र पैसा र पावर को दुरुपयोग गरेर,यसमा तपाइ लाइ गलत फेमि भएछ।

४.माओबदि समस्या को समाधान होइन तर यति खेर तपाइ संग भएको बिकल्प नै यहि हो। यिनिहरु त लोकतन्त्र का लागि खुट्किला हुन फेरि भनि हाले भुपि शेरचनले लेखेका " हुदैन बिहान मिरमिरे तारा झरेर नगए , बन्दैन देस दुइ चार सपुत मरेर नगए "। भबिष्य जनता ले चुन्नेछन संबिधान सभा बाट।
 
Posted on 01-14-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबसैमा,
तपाईले कति नेपालीको प्रतिनिधित्व गर्दैहुनुहुन्छ जस्तो लाग्छ र मलाई समाज र ईतिहासबाट अलग्गिएको आरोप लाउँदै हुनुहुन्छ? त्यो त समयले बताउँछ कि तपाईको आवाज मुल आवाज हो कि मेरो। चाहे जोसुकैलाई दोष लगाउनुस्, गल्ती कस्को हो सबैलाई थाह छ।
मैले माथिको धागोमा अहिलेको यथार्थ र बिकल्पहरुमात्र राखेको हुँ। छान्ने र मिलेनमिलेको अन्दाज गर्नेकाम तपाईको। मैले कसैको पनि खुलेर समर्थन बिरोध गरेकै छैन।

समय परिस्थिति अनुसार प्रस्ताव राख्न नसकेर नाइ भनेकि हो, अथवा, आफूमा कुनै खोट देखेर नाई भनेकि हो, भन्ने जस्ता निर्क्यौलहरु त तपाई जत्ति पनि निकाल्न सक्नु हुन्छ। यस्तो प्रवृति नदोहोरिने ग्यारेण्टि कस्ले दिन सक्छ। यो त झन बहुलाउने पनि तर बिद्रोह पनि नगर्ने भने जस्तो भो। तर यहाँ एउटा कुरा याद राख्नुस, नाई को मतलम हो नाई। जस्ट नो।
तपाइले भन्नु भा जस्तो प्रजातन्त्र आएर उँभो लागेको कुन चाहिं देश छ?
 
Posted on 01-14-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>म त पुगिसक्या छु। आन्दोलनको चुनामी पनि देखियो। राजा पाल्या पनि देखियो। सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो।
- सायद तपाइ ले सुन्नु भएको छैन या त थाहा छैन थोपा थोपा बाट खोला बन्छ अनि यिनै सुनामि बन्छ , त्यहि जनकपुर हो जाहा २०० राजा बादि जम्मा भएका थिए राजा को समर्थन मा र ३००००० जुटे सात दल को सम्रथन मा । हरेक मान्छे मा कमि कमजोरि हुन्छ केबल कमि कमजोरि को कुरा गरेर सहि पक्ष लाइ छोप्न खोज्नु पनि गलत हो जस्तो लाग्छ र म यहा कुनै ब्यक्ति बिषेस को कुरा गर्न गइरहेको छैन।सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो त भन्नु भयो तर त्यि नि हरु कै ठाउ मा उभाएर नेपाल को एक पटक कल्पना गर्नुहोस दादा।

>अहिलेको सम्बिधानले सक्दैन भनिराछु त।
- त्यसो भइ २ तिहाइ को च्यप्टर बन्द भएको सम्झु होइन त ?

>अन्तरिम कालमै शेर बहादुर गृह मन्त्री हुँदा गोलि हानेर ८ जना मारेको पनि देखियो।
- दादा के शेर बहादुर नै गएर मारेको हो? कान्हा मारेको दादा? यदि सेना ले मारेको हो भने सेना जसको पेवा हो उसले यसको जिम्बेबारि लिनु पर्छ ।किनकि बौदल रहनुजेल साहि सेना जहिले पनि राजनैतिक कार्यकर्ता जस्ता बौदलका बिपक्ष मा काम गर्न खटाइए। अनि फेरि के पारस ले ८ जाना मात्र मार्यो होला अनि बलत्कार र २ नम्बरि काम को त कुरा नगरु है किनकि तपाइको टाउको दुख्न सक्छ, अहिले नगर निर्वाचन मा उठेका त्यि भतुवा हरु लाइ माओबादि भोतिक कार्बाहि सुनेर जस्तै ।

> म तयार छु। पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु। र भनेको गिलो तानासाही चाहिन्छ भनेर। त्यो ज्ञानेन्द्र नै हुनुपर्छ भन्या चैँ होइन।

-धर्य गर्नुस दादा धेरै टाढा छैन त्यि हिमालि टाकुरा सम्म सुर्य का किरण आइपुगि सके छिट्टै तपाइ सम्म आइपुग्ने छ । पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु, त्यो त तपाइ ले कसरि लिनु हुन्छ त्यस मा भर पर्छ । किनकि एमाले काग्रेस र काग्रेस एमाले कुनै हालत मा बन्ने थिएन र माओबादि ले हतियार उठाएर जङ्गल त जाने नै थिएन। तानासाही त उहि तपाइ लाइ ज्ञाने ले राजगद्दि लोकतन्त्र आउनु भन्दा सुम्पियो भने मात्र हो नत्र भुन्नुहोस किनकि नेपालमा अब २०१७ साल आउदैन।भने पछि तपाइ पनि ज्ञानेन्द्र बिरोधि हाहा दादा त्यसो भए तपाइ पनि बौदल कै प्रतिक्षा मा । हाहाहाह


अहिलेलाई छोटकरीमा बोलेर सुतेँ।
- हस हजुर गुड नाइट
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters