[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मैले नभेटेको प्रेमी।

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 23199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-24-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

साझा log in गर्ने बितिक्कै you have a got a mail.. भन्ने message थियो। धेरै पहिले देखि मैले केहि लेख्न पाएकी थिन। जीबनका केहि addiction हरु मध्ये साझा पनि एक हो मेरो लागि। mail एक जना पाठकबाट आएको थियो।

"मेरी प्यारी लेखिका,
तिम्रो कथाहरु पढ्न नपाएको धेरै भयो। म तिम्रो कथाहरुमा जीबनको प्रतिबिम्ब पाँउछु। त्यो तिम्रो कथा नभएर मेरो हो जस्तो लाग्छ कहिले काहिं र इर्श्या पनि लाग्छ तिमिसङ। तिम्रो लेखाइसङ। प्रेमपुर्ण डाह लाग्छ मलाइ। म किन तिमिजस्तो आफ्नो भोगाइहरुलाइ आकार दिन सक्दिन? म किन तिमी जस्तै भावहरुलाइ रङ भर्न सक्दिन? तिम्रो कथामा मलाइ खुशी लाग्छ र कहिलेकाहिं दुख पनि। तिमी कथालाइ जिबन्त बनाउछौ। कति पनि क्रितिमता छैन तिम्रो अभिब्येक्तिमा। कति सरस र सरल छ तिम्रो लेखाइ। के म तिमीलाइ तिम्रो अर्को कथाको लागि बिशेस अनुरोध गर्न सक्छु।

तिम्रो शुभेच्छुक,

mail न्यानो थियो र मिठो पनि। कसलाइ राम्रो लाग्दैन र तेस्तो भावपुर्ण अनुरोध पढ्दा reply गर्न थाल्छु म।

शुभेच्छुक जी,

तपाइको मेलको लागि धेरै धन्यबाद। म जस्तो सामान्य लेख्ने मान्छेको तेति धेरै प्रसंशा गर्नु भएकोमा अलि अलि संकोच पनि लाग्यो। म चाँडै नै अर्को कथा लेख्ने कोशिश गर्नेछु।
CL
मेरो नयाँ कथा पोस्ट गरेको केही छिनमा नैं अर्को मेल आँउछ 'शुभेच्छुक ज्यु' को।

प्यारी लेखिका ज्यु,
एस कथाले मेरो मन जित्न सकेन। तिम्रो कथाको plot अति नै निरस थियो। यो कथा पढेर मलाइ waiting for Godot को याद आयो। हामी त्यो के पाउन मरि हत्ते गरेर हिडिंरहेका छौं जीबनमा? तिमी आफ्नो लेख्ने शैली परिबर्तन नगर। तिमी जसरी लेख्ने गर्छौ, तेसरी नै अघि बढ। म तिमीलाइ तिमी जस्तै भएको हेर्न चाहन्छु।
फेरि अर्को राम्रो कथाको प्रतिछ्यामा।

शुभेच्छुक।

मैले तेस्को reply पनि दिन करै लाग्यो। किनभने उ मेरो पाठक मात्र थिएन, एउटा इमान्दार आलोचक पनि थियो। उसको feed-back हरु मलाइ खुशी बनाउने भन्दा पनि मेरो लेखाइलाइ प्रभावशाली बनाउन प्रेरणा दिने खालको थियो।

शुभेच्छुक ज्यु,

फेरि पनि तपाइको आलोचनाको कदर् गर्छु र अर्को चोटि राम्रो लेख्ने प्रयास गर्नेछु।
CL

केहि दिनपछिको rest पछि मलाइ नयाँ plot लेख्न मन लाग्यो र हतारमा पोस्ट गरें। एसपल्ट कुनै मेल आएन 'शुभेच्छुक' को। शायद उ ब्यस्त भएको हुन पर्छ, मेरो कथा पढ्न नभ्याएको पनि हुन सक्छ। मलाइ उसको मेल पढ्ने बानी परेको जस्तो भयो। उ मेरो आलोचक, शुभेच्छुक, साथी अनि प्रेरणाको श्रोत। म उसको मेललाइ miss गर्छु र उसलाइ पनि। मलाइ थाहा छैन उ कस्तो छ? के गर्छ? किन मलाइ मेल लेख्छ? मेरो कथा किन मन पराउछ?
केहि हप्तापछि फेरि उसको मेल आँउछ। म खुशी हुन्छु र पढ्न थाल्छु।

"मेरी प्यारी लेखिका,

तिमीलाइ यो मेल लेख्न धेरै प्रयास गरेको हुँ। तर हरेकचोटि एक प्रकारको असजिलो महसुस हुन्थ्यो। म तिम्रो कथा मात्र होइन, तिमीसङ प्रेम गर्न थालेको छु। शायद यो पागलपन हो। के एस्तो हुन्छ बास्तबिक जिन्दगीमा? तिमी मेरो कल्पनामा छौ। तिम्रो कुनै ठोस आक्रिति छैन। तर तिम्रो सोचाइमा मेरो बिहान सुरु हुन्छ र तिम्रो सपनाले रात बिति जान्छ। म एस घडि प्रेममा मुग्ध छु। तिमीले मलाइ भेटेकि छैनौ र मैले तिमीलाइ देखेको छैन। तर पनि म लिप्त छु तिमीसङ, तिम्रो लेखाइ सङ अनि तिमी सङको मधुर कल्पनामा।
म आफै चकित छु। यो के भै रहेछ मेरो जीबनमा? म किन तिम्रो शब्द शब्दलाइ प्रेम गर्छु, तिम्रो नामलाइ मन पराउछु?
तर तिमी चिन्ता नगर मेरी प्यारी लेखिका, यो प्रेमले तिमीलाइ बिथोल्ने छैन न त तिमीलाइ भौतिक रुपमा पाउने लालसा छ मलाइ। तिमी त मेरो जिबनको अभिन्न अङ हौ। मैले तिमीलाइ पाइ सकेको छु ह्रिदयमा। तिमी स्विकार वा अस्विकार। प्रेम आफै हुन्छ। कसैले चाहेर हुदैन। न त खोजेर हुन्छ। म तिमीलाइ तिम्रो लेखाइमा अबरोध बन्न चाहदिन र अब देखि स्वस्थ आलोचना गर्न सक्दिन। किन भने प्रेममा म तिमीलाइ सधै सुन्दर देख्छु र तिम्रो प्रत्येक कथाहरु असाधै राम्रा हुन्छन् मेरो लागि। मेरो प्रतिक्रिया अब देखि biased हुन सक्छ। त्यो तिम्रो प्रगतिको लागि राम्रो हुँदैन। छोड यी सारा ब्यर्थका कुरा। तिम्रो लागि म एक 'शुभेच्छुक' मात्र हुन सक्छु, प्रेमी होइन।
तिमीले लेखेको कबितामा जस्तै मलाइ पनि तिमीलाइ पाउनु वा गुमाउनुको कुनै अर्थ नै छैन। पाउनु भनेकै गुमाउनुको अर्को 'रुप' हो। म तिमीलाइ एसरी नै आफ्नो सोचाइमा पाइ रहन चाहन्छु।
तिमीले लेखाइलाइ निरन्तरता दिनु। कहिले नरोक्नु। मेरो प्रतिक्रियाको लागि कुरेर नबस्नु। मैले अघि नै भनि सके नि, म तिम्रो प्रेमी भैसके। अब मेरो प्रतिक्रिया तिम्रो लागि honest हुन सक्दैन। म तिम्रो प्रेमको गहिराइमा डुबिसकेको छु। उत्रिन्छु वा उत्रिन्न थाहा छैन। तर यो पल मलाइ मायामा रमाउन देउ, मेरी लेखिकासङको अलौकिक मायामा।

तिम्रो सफलताको कामना गर्दै,
उहि तिम्रो नभेटेको प्रेमी।

शुभेच्छुकको त्यो अन्तिम मेल पछि मलाइ यस कुराको दुख लाग्यो कि मैले एउटा राम्रो आलोचक गुमाए र सोच्न थाले त्यो कहिले नदेखेको र नभेटेको अलौकिक प्रेमीको बारेमा।


( नोट: यो कथा पूर्णत काल्पनिक भएको कुरा समस्त पाठकलाइ जानकारी गराउन चाहन्छु र प्रतिक्रियाको लागि खुलेर लेख्न हुन अनुरोध गर्दछु। )

Last edited: 24-Dec-07 07:02 PM

 
Posted on 12-27-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow. nepal Ji,

How have u been? when r u going to write again?

Anything is possible in the world except the character of my story. he he he. joke gareko matra.

Thank u for your great comment.


 
Posted on 12-27-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्भु म कतातिर जाउँ, अहिले आएर म त्यो कथाको पात्र हैन रे!

हाय मेरे फुटे करम!

तेरि जुल्फोँसे जुदाई तो नहिँ मांगि थि

कैद मांगि थि रिहाइ तो नहिँ मांगि थी


 
Posted on 12-27-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe_mailaji
 
Congratulation on being at the centre stage. "kuro bujhnu deutaa pujnu"

Parbatya
Last edited: 27-Dec-07 07:11 PM

 
Posted on 12-28-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु जी,

मलाइ त मेरो भन्दा पनि तपाइको जुल्फेंको माया लाग्यो नि। किनभने त्यो च्याङ्बाले लिस्टमा तपाइको नाम first मा लेखेको छ रे अनि अब बिरेलाइ ठोक्छु भन्दै खोज्दैछ। Myaadi पनि आजकल लुङि छोडेर pant लाउन थालेको छ रे belt सहित च्याङ्बाको डरले।

 

Parbatya Ji,

ल है, च्याङ्बाले के के गर्ने हो?


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters