[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०८ ---

[Please view other pages to see the rest of the postings. Total posts: 586]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 284767 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०८ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 108 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!



चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-31-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल आमा लाई दोष न दिउं रिट्ठे। नेपाल आमा ले त धेरै सपुत जन्माएकै हुन। तर बाइ मिस्टेक थोरै कपुत जन्मे।

हराम देखी राम डराए त्यसैले कपुत कै राज चले। सपुत जम्मै बिदेशिए, कपुत जम्मै देशिए पछी बम र गोला त अस्ती होलिमा लोला हाने जत्तिकै हान्ने छन।

संबिधान सभा को चुनाव माइला दाई का बाजे ले नि गराउछु भन्या थिए। आफ्नो सिंहाशन खोसिने डर ले गराएनन, यसको बाउले त संबिधान सभा त के धान सभाको नामै लिएन। त्यसैले यसले पनि नगरउन अनेक षड्यन्त्र गर्ने छन। रिट्ठे टोलमा मात्र होइन हाम्रो टोल मा नि बम पड्काउने छन। गाउंमा अर्कै कुरा वाइ सी एल नै काफी छ।


 
Posted on 03-31-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे लहरे, यस्तो कुरा मा सोध्नै पर्दैन।
लहरे जुन दिन आयो त्यही दिन भोज हाम्रो घरआँ। एक दिन अगाडि थाहा दिए त रिट्ठे अन्तरे, पूण्टे सबै जम्मा हुने छन।

 
Posted on 03-31-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपाल आमालाई दोश देको पटक्कै होइन ठुल्दाइ ! मैले भन्न खोजेको चाँही जब सम्म देशका नेत्रीत्व बर्ग देश र जनता प्रती इमान्दार हुँदैनन तब सम्म जुन्सुकै सभा गराये पनि देशले काचुँली फेर्ने छैन ! 

 
Posted on 03-31-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ लहरे आउने हो भने त म नि आइपुग्छु हाम्फालेर हड्सन नदी तर्दै भएपनी

 
Posted on 03-31-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ गाम्ले हरु को?
ठुल्दाइ, रिठ्ठे, लहरे, नेप्चे, हर्के सबैलाई दिवाकालिन जदौ
किन सुनसान छ? यसको पछाडि ठुलि राजिनामा को हात छ
चित्रे न आउनुको कारण

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो


 
Posted on 03-31-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ ठुल्दाइका मो मो खान हामीनी आयिन्छ नायेगरा फल्स तर्दै। यो जुनी म चै एक चोटि ठुल्दाइले बनाको मो मो कसो नखायिएला गान्ठे हो।

 
Posted on 03-31-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के भाई , नायग्रा फल्स को पारीपट्टी आउ हामी म:म को डल्ला घुइकाइदिम्ला नि हुन्न 
 
Posted on 03-31-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन्न पर्बते दाई, हुयिक्यएर मुखैमा पर्छ भन्ने के ग्यारेन्टी छ र, आयिन्छ पलेटी मारेर बशिन्छ अनी खयिन्छ मो मो नेवारी भोज इस्टायिलले खायिन्छ, अनी उठ्नै नसकिने गरेर खायिन्छ। बरु कोक्यानी र क्यानेडिएन ल्यागेर बियर चै यतै देखी बोकेर ल्यायिन्छ कि कसो ठुल्दाइ।

 
Posted on 03-31-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ले "Namaste Again" भन्ने  बेला भएन भनेको?
 
Posted on 03-31-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाजिर हुन आउने बारे सुचना

आज मिती २०६४ चैत्र १८ गते सोमबारका दिन यस साझा गा.बि.स. स्थित चौतारी कार्यालयमा म.ले.प. श्री फुत्त बहादुर फुयाँलको नियमित छड्के को क्रममा केही
निम्नलिखित गन्य मान्यहरुको हाजिर गयल देखिएकोले निजहरु लाई यो सुचना प्रकाशित मितीले १ घण्टा भित्र (बाटो को म्याद बाहेक) हाजिर हुन यो सुचना प्रकाशित
गरिएको छ !


१. श्री बिर्ख बा. बोगटी
२. श्री चित्र बा. चित्रकार
३. श्री भगुत भाई भण्डारी
४. शुश्री ठुल्नानी ठकुरानी 
५. श्री कुमल कान्त कार्की
६. श्री हरीहर हांडा
७. श्रीमती मिस नानी मर्हट्ठा  
८. श्रीमती चेली माया चौलागायी
९. श्री टंक राम टायरवाला
१०. श्री नेत्र बा. नगरकोटि
११. श्री नारन मान न्याछौं आदी !
 

म.ले.प.
फुत्त बा. फुयाँल 


 
Posted on 03-31-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ
रिट्ठे मित्र अचेल खान पिन निकै छ नि मोट्टएर ज्यान नि तेस्ताइ भा होला नि कसो ?
तारेमाम पर्बते,हर्के।
 
Posted on 03-31-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हर्के दाइ, रिट्ठे, राहुलदाइ, नेउचे, लहरे, पर्वतेदाइ, भौते, बिस्टे सबैमा जदौ!

हा हा! पर्वतेदाइले म नआउनुको कारण चैं गज्जब रिसोच गरेर निकाल्नु भएछ! तर त्यो लाइन त जिम्माल बालाइ मिल्छ होला अहिले!

खास कारण चैं अस्ति देखि साझाको सेवक बाकस (सर्भर) डाउन थियो, आज अप भा'को बल्ल था' भो, त्यसैले ढिला
भो!

ओ फुत्त बा. फुयाल जी, जाबो यौटा धागो चाउचाउ खानलाइ अनुहार नै थालमा जोत्नुपर्ने? 
 
Posted on 03-31-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे ले त सुचना नै जारी गरेछ।
>>जाबो यौटा धागो चाउचाउ खानलाइ अनुहार नै थालमा जोत्नुपर्ने? <<

 
Posted on 03-31-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि कता होली?
पक्कै पनि चौतारी मा आउन नपाएर छट पटाइ रहेकी होली 

 
Posted on 03-31-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो नाममा त सुचना नै जारी गरेछन हाजिर हुन आउने। सप्पैलाई मेरो सोमबारे सुस्त सलाम।
 
Posted on 03-31-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम फ्री।

धन्न पर्भू, छड्के हाजिर र कर्के नजरबाट कहिलेइ बचिएन, यसपाली फुत्त फुयाल ले देखेनेछ।
नत्र रातो धर्को अर्को पनि थपिन्थ्यो।
 


 
Posted on 03-31-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को जदौ, तारेमाम-सलाम
बिस्टे सोम- अचेल म निक्कै कम् खान थालया छु, भुँडी घटाएर बाडीँ बनाउन लाग्दैछु ! (मदनवा टुप्लुक्क आउन बेर छैन फेरी)
चित्रे - तेइ एउटा त्यान्द्रो नूडलस भएर त खोजी खोजी खानु पर्या नि
टंके मार्साब नि स्वारि भे' छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters