[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 267015 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-05-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स, सुड्डाहरु भनेको चाउsssरि परेको कच्याssक् बुढाहरु भनेको कि अन्त सुड्डिहरु भनेको त्यसको फिमेल भर्सन हो हौ!
 
Posted on 01-05-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! निसे नि आइपुगेछ डिंगो लाएर, के छ हौ ब्रो?

आज त शुक्रबार हो, ठूली के प्लान छ तिम्रो विकेन्डमा? ;)
 
Posted on 01-05-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे चित्रेभाई चमरी भनेको था'थेन र?
चमरी = चौरी( गाई) होलाकि अस्तो मानिचु मैले त
पुन्टेदालै नै सोधुम है त :)
 
Posted on 01-05-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नमस्ते सप्पैलाई।
ठुली तिरुले त promise गर्या छ क्यारे साझा quit गर्ने रे। :( फिर्ता बोलाम्न परो ल जसरी भए नि।
मिस् खै त अचार बनाम्न सिकाम्छु भनेर कता हो?
 
Posted on 01-05-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बबाल मस्ति छ चित्रेस सोम!
आबो आज सिम्सलाई लिएर डिस्को जाने प्लान छ डिङ्गो लगाएर।
लास्ट विक दुई चार जाना झारपातहरुले र्र्याग गरेको थियो कि तिनिहरुलाई रिभेन्ज हान्नु छ!
बाङ्गे र नोर्बु ब्याकअप मा बस्छ रे! :)
 
Posted on 01-05-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बज्जियाले बोल्नु बोल्छ । ए निशे !!त्यो के जाति भर्सन किन भन्नु पर्यो ?? पहिलो चै भने पुग्छ

:)
 
Posted on 01-05-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो हाम्रो धरान हुँदि भनाइ छ के एउटा " चोर को खुट्टा काट्!" भन्ने!
मिस ले कमेन्ट हानेको देखेर मोलाई त त्यो भनाई याद पो आयो हौ!
खित्....खित्....खित...:)
 
Posted on 01-05-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निश् बोलाउ त सालीलाई

((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
 
Posted on 01-05-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या त्यसतो प्रिर्ती मेरि बैनी(तिरु) मलाइ छोडेर ग'को रे । हुनै सक्दैन । जाउ सबैजना जसरि भ;नि खोजेर ल्याउ नत्र....
नत्र...... नत्र...गर्र्र्र्र्र्र्र्र्र्र्र्र्...
:(:(:(:(
पुन्टेदा लु अब तिते करेलाको अचार बनाम्ने तरिका भन्न पर्यो
:)
 
Posted on 01-05-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ सान्स म बोलाईहाल्छु नि हौ!

तित्स सालि कता हराएको हौ? यस्तरि भेना र गाउँलेको माया मारिदिन भएन नि हौ!
तिमि नदेखेर दिन लागेको खोक्स पनि पेट देखि घाँटिमा आएर फिरि पेट मै रिटर्न भयो हौ!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल! :)
 
Posted on 01-05-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुप लाग निशै बज्जिया । ल त्यो पुन्टेर बयर भन्ने पाठ खरररर पढेर सुनाउ त ..पढन आउदैन क ख नि कुरो मात्रै गरेर रल्ल पार्दिने huh!!!



((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
चौतारी एउटा नाटक मञ्च हो । यस्मा बोलिएका भाषा र कुरा हरुलै धेरै गम्भिर भएर नसोचिदिन हुन बिनम्र अनुरोध गर्दछु ( तर मेरी प्यारी बैनि तिरु चै साच्चिकै हो ।....जसरी भएनि खोजेर ल्याउ न पर्यो ....
तिरु कता हराएकी? यसरै मिस दि र गाउँलेको माया मारिदिन भएन नि तिरु
तिमि नदेखेर मेरो चस्मा झन झन धमिलो हुदै गयो !
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
 
Posted on 01-05-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
 
Posted on 01-05-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु कता हराएकी? यसरै सान्नानी र गाउँलेको माया मारिदिन भएन नि तिरु
तिमि नदेखेर चौतारीमा आउनै मन लागेन!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
 
Posted on 01-05-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु कता हराएकी? यसरै सान्नानी र गाउँलेको माया मारिदिन भएन नि तिरु
तिमि नदेखेर चौतारीमा आउनै मन लागेन!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
 
Posted on 01-05-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले तितौरीलाइ मात्र खोज्दैछन्, बिचरा कुम्लेलाइ चैं कसैले खोजेनन्।:P

अब कुम्लेलाइ खोजुम् न, तितौरी पनि त्यहीं हुन्छिन् नि, कि कसो? :P
 
Posted on 01-05-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्कलाउँदी पढ्ने उमेरकी मेरी बुईनी तिरुलाई किन चौतरीमा डाकेर फत्फताउन उक्साउँछौ हँ तिमेरु? खुरुक्क पढाईमा ध्यान दिन देओ! अब बरु लायक को बर खोजेर अन्मयाउन पर्ला! :p
 
Posted on 01-05-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु कता हराएकी? यसरै सान्नानी र गाउँलेको माया मारिदिन भएन नि तिरु
तिमि नदेखेर चौतारीमा आउनै मन लागेन!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
 
Posted on 01-05-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हुने चित्रेभाई तिरु कुम्ले सअ?:)
एउटै ठाउ हो र भन्या कुम्ले र तिरु बस्ने ?
 
Posted on 01-05-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर पर
तिरुले पाई नि बर
त्यो बरको जाँदैछिन् मुल घर!
 
Posted on 01-05-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अगस्त्यमूनि! तहाँ उप्रान्त भउते बाटोमूनिको गरोमा लडेको लड्यै भए। त्यहीबाटो नारदऋषि पनि "नारायण"को नाम पुकार्दै चौतारीतिर लाग्दै थिए। बाटोमूनि कुनै मनुष्य अग्रासको काठ झैं लडेको देख्दा खुलदुली लाग्यो र "हे मानव! तिमी को हौ? कुन देशबाट आयौ? के कति कारणले गर्दा यो गति हुन पुग्यौ?" भनी सोधे। आफ्नो सामु लामो टुप्पीको भएका, शरीरमा एउटा धोतीको सरो मात्रै लगाएका, ललाट(निधार)मा चन्दन लगाएका अधबैंसे वैष्णवलाई देख्दा भउते पनि अचम्भित हुन पुगे र उल्टो नारदऋषिलाई सोध्दा भए - "बरु तिमी को हौ? देख्दामा त दक्षिण भारतीय मुलका ब्राह्मणजस्ता देखिन्छौ। के-कति कारणले हाम्रा मुलुकमा आयौ?" यस्तो प्रश्न भउतेका मुखबाट सुन्दा नारदऋषिले भने - "भक्त! तिम्रो नाम पनि भक्त नै रहेछ। तर सबैले भउते काजी भनेर बोलाउँदा रहेछन्; मैले ध्यानदृष्टिले बिचार गरी हेरेर तिमीलाई चिनिसकें। तिमीले आज बिहान गाँजाको सुरमा, आफ्नो सकल फेरेर, धोबिनीलाई छल गरी जुरेली भन्ने कन्याको कोठामा गएका रहेछौ। र, पुन्टे नाम गरेका काजीले गर्दा यस्तो हालत हुन पुगेको रहेछ। आऊ म तिम्रो प्रेमदेखि प्रशन्न भएँ। भन के बर माग्छौ। प्रेम सम्बन्धी वरै मागेपनि माग। कामदेव मेरा भाइ पर्छन्, भनसुन गरी पुर्याइदिम्ला।"

आफ्ना अगाडि नारद ऋषि आएर एकाएक वर माग भनी भनेको देख्दा भउतेको आँखा हर्षले रमाए। आफूलाई पुन्टेले दिएको दुख सम्झे। तैपनि, नारदमुनिबाटै वर पाइने भयो भनेर मनलाई सम्हाले। मस्तिष्कभरि जुरेलीनै नाचिरही। सकी नसकी वर मागे, "जुरेली पाऊँ"। ऋषि प्रशन्न भए र "तथास्तु" भने। एकैछिनमा एउटा गुलेली भउतेको हातमा थमाउँदै नारदमुनिले "यत्रो वर पाउँदा अलि ठुलै कुरा माग्नुपर्दैन? यो जाबो गुलेली त तिम्रै गाउँका पसुपतिले पाँच रुपैयाँमै बनाइदिन्छन् के रे नि" भन्दा भए। जुरेली माग्दा गुलेली पाएको देखेर भउतेले मुख बिगार्दै भने, "ए नारद बुढा! जुरेली मागेको। गुलेली पो दियौ त!" भउतेको खिन्न भएको देखेर नारदमूनिले भने, "के गर्नु बाबु! म बुढो मान्छे लाखौं वर्षदेखि संसार चहारिराखेको छु। कान राम्ररी सुन्दिन। देउता पनि ३३ कोटी छन्। ती सबैलाई चेकअप गरेर धन्वन्तरीले पनि भ्याएका छैनन्। आजको ११६ वर्ष पछिको दिनको अप्वाइन्टमेन्ट लिएको छु। मैले गुलेली सुनें र त्यहीं दिएँ। दिएको कुरा फिर्ता लिन मिलेन। तर केही छैन, कुनै बेला काम लाग्छ सन्देह नगर" भनेको सुनेर भउते दाह्रा किट्न थाले र रिसले तीननेत्रबाट आगो निकाल्दै भने, "काम त अहिल्यै लाग्छ। मेरो पहिलो टार्गेट तिमी नै भयौ"। यति भन्दै भउतेले एउटा दर्शन ढुङ्गो टिपी नारदलाई गुलेलीले सोझ्याउँदा, नारदमुनि किंकर्तव्यविमूढ भए, र "नारायण! नारायण!" जप्दै अन्तर्ध्यान भई कैलाशपर्वतमा शिवजी र माता पार्वतीलाई भेट्न लाग्दा भए।

इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- गालउअगस्त्य सम्बादे द्वितीये अध्याय॥२॥

उपनयतु मंगल ---- समर्पयतत्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters