[Show all top banners]

MonkeyTheApple
Replies to this thread:

More by MonkeyTheApple
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 To ppl Who made $50 in DC Rally?
[VIEWED 9756 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-05 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसे होलान् राजा हरु
गर्न लाई सल्ला
अनि छापे गोर्खापत्रमा
नचाहिने हल्ला

डराएछन् राजा हरु
बसि kathmandu valley
लाज लाग्ने response on
डि सि को ralley

हामी हौं नेपाली
always ready for जुलुस
rally गर्न हामीलाई
चहिदैन कसैको घुस

लाज पनि कस्तो नभा
त्यस्तो कुरा छाप्न
डि सी गाको देशको लागी
हैन घाम ताप्न

काम छोडी, टिकट किनी
गाको हामी डि सी
पचास डलर कहाँ दिनु,
मात्र पानीको सि-सि

त्यस्तै देख्छ भन्थे
आफु जस्तो अरुपनी
आफ्नै पोल खोले यिन्ले
बरु आफै दिन्छन् Money

सुन्या मैले बरु ज्ञाने
आफै दिन्छ डलर
भएजति पैसा उस्को
सबै कालो Color

जाँड रक्सी खाना फ्री
छैन कुनै Quota
टिल्ल बनाई, ब्यानर बोकाई
खिच्छन अनि फोटा

छाप्छन् अनी पत्रिकामा
बिदेशमा सपोर्ट भनी
झुटो बोल्ने कैले जाला
यी मोराहरुको बानि

लाज नभा मोराहरुको
कुरा के गर्नु
पैसा, पावर कति चाहिया
एकदिन त छ मर्नु

खान्दानकै पैसा पनी
यसलाई कम्ति भाको
आफ्नो बजेट बढाईहाल्यो
२ दिन भाछैन आको

अझ लाज छैन थुन्न
पैसा खाए भन्दै
बरु आफ्नै मुख ऐनामा हेर्नु
खाको पैसा गन्दै

छोरो चढ्छ महंगो होण्डा
स्वास्नी कान नसुन्नी
आफु नया rolls royce रढ्छ
कहाँ बाट आयो पैसा कुन्नि

अझ बढी हल्ला गर्छन
५० डलर भनि
एकदिन मार्छन नेपाली ले
रिसाई रन रनी

रिस उठ्यो सारै आज
यिनको कुरा सुन्दा
अनुहार बरु आफ्नो हेरे हुन्थ्यो
बाउ छोरा नै गुन्डा
 
Posted on 05-17-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The list is available at मेरो साइट :)

http://www.merosite.com

 
Posted on 05-17-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is funny :)

घाटी हेरि हाड निल्ने
छैन यिनको बानि
हाम्रै देशमा छिन् फेरी
कान नसुन्ने रानी
 
Posted on 05-17-05 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superb! Yesto po kabita! ramayan ko slok saptaha teera padya jasto po cha :) maja aayo! aroo ni jawos!
 
Posted on 05-17-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-05 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो कवितालाई त्यही गोर्खापत्र मा छाप्न पठाम न हो! छापेछन् भने मैले ?सुजाताबाट पाऽको $५०? त्यै सम्पादकलाई सुम्पिन्थें। नेपाल गाऽ बेलाँ duty free बाट एक सिसी ह्विस्की पनि लएर भेटी चडाम्थें।

त्यो धोबिनीको च्यात्त्या पेटिकोटको कस्सम्!

लेख्दै गरम् है, बाँदरे स्याऊ-जी! हाम्रो प्रजातान्त्रिक संघर्षमा हरेक दिशाबाट, हरेक तरिका अपनाएर निर्मम् ढंगले खनिनु परेको छ यी मकरतन्त्रवादीहरु माथि!
 
Posted on 05-18-05 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्?या मारा ज्ञाने डँlकु को मजा आ गया l वो धोबन है ना उसकी फटि हुइ पेटिकोटकी कसम क्?यो नाटा (पुन्?टे) जि ???
;-))))))
उई राईला
 
Posted on 05-18-05 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईण्डिया लाहुरमा भर्ती भएर २-४ बर्ष के रेलगाडिमा घुम्याथ्यो, यो राईंला बा हिन्दी फुर्?याउन थाऽलो!

अच्छा, कहदिन्छु तेस्तै गरि, लेकिन हम्को आम्दैन फेरि तस्तो बोल्ना।

:D
 
Posted on 05-18-05 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe POONTEY ji
 
Posted on 05-19-05 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जवानिको बात सम्?झाइदिया यार पुन्?टे ले
जब हामि पैला छुट्?टी आयो तब पहाडमे बकरि वकरि चराउन गयो तब राइली लाइ एउटा गाना सुनायो:-
'पापा कइते राइली बडा नाम गरेगा
तुम जति पर जाएगि हम भि वर सरेगा'
राइली भन्?छे-
'हम से नपुछो राइला हम से नपुछो
बिहे भन्?दा पैले दँlया बँlया नसोचो'

मेरो त दिमाग बाइर होइगयोनि
बादमा मालुम भयो राइलीलाई त अर्?कैले पो घुमाइदि सक्?या रैच l हुन त अझै पनि हिम्?मत हारेको छैन ३८ बर्?षे ढल्?के(लोरके हैन) ठिटा जो परे l
अभि तो मै जवान छु जवान छु
हा. हा.. हा.. हा.....

उइ रँइला दाइ ( बा नभन है पुनटे नत्र ठिटीहरले पत्तउदैनन रे क्?या) :P



 
Posted on 05-19-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो नि पुरानो कविता है राजा समर्थकहरुलाइ उपहार स्वरुप!!!!
अर्को धागो मा नि छ है तै नि फेरि हाल्दै छु:
॥॥॥॥मेरो स्तुती गान॥॥॥
मेरो सरकार प्राणभन्दा प्यारा छन्,
जति नै दण्डवत् गरे नि भर्दैन मेरो मन।
बिहान उठेर एकफेर साष्टाङ्ग दण्डवत म गर्छु,
दिनभरि अनि आफ्नो भकारी पनि भर्छु॥

बल्ल आयो मेरो पालो १३ वर्षमा अनेकौं दाउ खेलेर,
मेरा मान्छेलाइ अब ठाउँमा पुर्?याउछु नयाँ नियम पेलेर।
मैले खाएँ त के भयो यो मेरो सरकारको बिर्ता त हो,
मेरा सरकारले "हार्ले" चढे भनेर कराउने तँ को??

यो देशमा नयाँ (उच्च)प्रजातन्त्र म ल्याउँछु,
मेरो बिरोध गर्ने जम्मैलाइ जेलमा म जाँक्छु।
भ्रष्टाचारी र माओबादिको नाममा बिरोधीलाई म ठोक्छु,
शंका लाग्यो भन्दै प्रबुद्धहरुलाई बाहिर जानबाट म रोक्छु॥

मानव अधिकारको नयाँ नियम मैले अब बनाएँ,
देश बिकास गर्ने खर्च जम्मै सेनामा मैले खन्याएँ।
बिदेशीले पैसा नदिए पनि छैन मलाई त चिन्ता,
कालापानी बेचेर म दङ्ग छु हातहतियार किन्दा॥

धुलिखेल र नागढुङ्गाको घेराभित्र छँदैछ शान्ति र सुव्यावस्था,
अरु ठुला शहरले नि धानेकै छ मेरो सु-शासनको प्रतिष्था।
मान्छे मरेर के भो मान्छे त जन्मेकै हो नि मर्नको लागि,
म त यहाँ बाँचेकै छु नि मेरो आत्मालाई टुकुचामा त्यागि॥

धन्यबाद

 
Posted on 05-19-05 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं बादरे स्?याउ जी कै शैलीमा, मेरो तीन हरफ:-

राजा हाम्रा ज्ञानेन्?द्र
शक्?ति लुट्?न तयार
जनता पार्छन्? चूप
देखाई आफ्?ना हतियार

अखवारमा आयो खवर
भनी खायो ५० डलर
किन डराको यसरी?
देखेर जनताको पावर?

हार्?ले चढ रोयस्? चढ
नारणहिटीको धुरि चढ
त्?यो भन्?दा पैले चै
जनताको चाहना पढ।


अरू पछि।



















 
Posted on 05-19-05 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That was good, Monkey Apple ji.
 
Posted on 05-19-05 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी उही शैली तर फरक प्रशंगमा:-

हाम्रा एक डि आई जी
छड्?के जाँचमा परे
लाजमर्दो भएपछि
छल्?ने कोशिश गरे

हाम्रा यी ठूलाबडा
आफै मिच्?छन्? नियम
जनतालाई थिचीमिची
बन्?छन्? आफू जि एम्?

सबैजना गर्छन्? 'हजूर'
जस्?को छ ठूलो स्?थान
जति नियम मिचेपनि
उसैको हुन्?छ मान

एक जापानीले देखाइदिए
हाम्रो व्?यवस्?थाको त्रुटी
यस्?तै तालले हाम्रो देश
जलिरहेको छ भट्?भटी ।
 
Posted on 05-19-05 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको देशमा नभा राजा
नेपालमा ऐले
हाँस्या कैले देख्या छैन
ठस्के मुख जैले

स्वास्नी भुन्टी कान नसुन्नी
हाम्रो देशकी रानी
चुरोट तान्ने, तास खेल्ने
मात्र उनको बानि

छोरो पारस, युवराजा
सबै भन्दा चोर
मन पर्ने कुरा उसलाई
गाजा, रक्सि र whore

सुकुमारी स्वस्नी उस्की
युवराज्ञी हिमानी
के लाग्छ अब यिनको
पोई नै बेमानी :)
 
Posted on 05-19-05 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Monkey the apple, you are creating woderful poems. keep them coming.
 
Posted on 05-21-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MonkeyTA, enjoyed your satire.
 
Posted on 05-21-05 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>सबैजना गर्छन् 'हजूर'
जस्?को छ ठूलो स्थान
जति नियम मिचेपनि
उसैको हुन्छ मान

बाँदरे स्याऊ, विश्वको नक्सा, राइँला बा,
Nice going on.
 
Posted on 05-21-05 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाक्क लाग्यो सबै तिर
राजाको नै चर्चा
जति गाली गरेपनि
उठ्छ उस्को खर्च

स्थान, मान सबै भका
छन् राम्रा गाडी
महंगा महंगा किनेकैछन्
श्रीमती लाई साडी
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters