[Show all top banners]

invisible

More by invisible
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गजवको लोकतन्त्र, दलहरु सबै पक्ष जनता प्रतिपक्ष
[VIEWED 9254 TIMES]
SAVE! for ease of future access.
Posted on 09-03-11 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 गजवको लोकतन्त्र, दलहरु सबै पक्ष जनता प्रतिपक्ष DC Nepal Main Page 
by Swayambhu Nath Karki
August 31, 2011 

 गजवको लोकतन्त्र, दलहरु सबै पक्ष जनता प्रतिपक्ष 

मान्छे धेरथोर पुर्वाग्रही हुन्छ आफ्नो अनुकुल भएमा जस्तोसुकै अभद्रता पनि उसलाई क्रान्ति लाग्छ विपक्षमा भएको शालिनतामा षडयन्त्र वा झुटको पुलिन्दा देख्छ । धर्मको वाहुन्यता भएको नेपाल जस्तो मुलुकमा देवतामात्र होईनन नेताहर पनि पुजिन्छन । कृष्णले नुहाउदै गरेका गोपिनीहरुको बस्त्र लुकाएको रसिक घटनालाई कृष्णभक्तहरु यमुनामा गोपिनीहरुले निर्वस्त्र भएर नुहाउनु अपराध थियो र कृष्णले सो को दण्ड गोपिनहिरुलाई दिएको व्याख्या गर्दछन/ 

 

 

यसको एउटै अर्थ निक्लन्छ संविधान निर्माणमा संविधानसभाको भुमिका भनेको शिर्षस्थ नेताहरुले बनाएको संविधानमा सहीछाप गर्ने मात्र हो संविधान वनाउने होईन । संविधनासभा रहनु वा नरहनुले संविधान निर्माणमा कुनै खास भिन्नता पैदा हुदैन । प्रधानमन्त्रीको हुनुपर्ने वा को नहुनु पर्ने भन्ने प्रश्नको विचार पनि संविधानसभाका सदस्यहरुले गर्दैनन । उनिहरु त केवल आफ्ना दलहरुले गरेको निर्णय अनुसार हुन्छ र हुन्न भन्ने मात्र हुन । त्यसो हुदाहुदै पिन किन दूई बर्षलाई भनेर भोट दिईएको संविधानसभाको आयु अप्राकृतिकरुपले लगातार बढाईराख्नु पर्‍ योत त्यो आयु पनि बढाउने वा नवढाउने छलफल संविधानसभाले नै गर्दछ चाहे त्यसलाई व्यबस्थापिका संसद नै किन नभनियोस । अर्थात त्यहाँ कुनै प्रतिपक्ष हुदैन बढाउने वा नबढाउने भन्ने वहस औचित्यताको आधारमा नभई धेरै मल्खु कसले खाने र कसको हिस्सामा थोरै मल्खु पर्ने भन्ने आधारमा हुन्छ । विगत दुई पटकका म्याद थपाइको प्रकि्रया हेर्नेहो भने लाज मर्दो स्थिति देखिन्छ । संविधानसभामा सबै आîनो आयु लम्ब्याउने कुरामा पहिले देखि नै ढुक्क भएका देखिन्छन । द्वापरयूगको यो आख्यान जस्तो भक्तहरुले व्याख्या गर्दछन त्यस्तै मान्दा वर्तमानमा कुनै फरक पर्दैन । तर यो भक्तिरसले सरोवर भएको मान्यता सामकालिन सिद्धान्त र व्यक्तिको हकमा पनि लागु हुदा भने मुलुकले ठूलो हानी व्यहोर्नु पर्ने हुन्छ । कसैको गुण दोषको विवेचनभन्दा मेरो पक्ष र तेरो पक्ष भनेर विवेचन गरिदाको अवस्था हो नेपालले व्यहोर्न परेको ।लोकतन्त्रको मान्यता सर्वसाधारणको सर्वोच्चता हो विधिको शासन हो अनि विधान भन्दा माथी कोही हुदैनन भन्ने मान्यता हो । शक्ति संतुलनको निमित्त राज्यका तीन अंग हुन्छन जसले एक अर्कालाई कर्तव्य पथबाट विचलित हुन दिदैनन । यो लोकतन्त्रका मसिहा भनिएका अहिलेका दलहरुका मुर्धन्य बिद्वानहरुले सिकाएको पाठ हो । व्यवस्थिापिकामा हरेक कुराको विवेचन गरेर जनतालाई उपयुक्त हुने नियम कानून तर्जुमा गरिन्छ । एकै प्रकारको विचारले वर्चश्व जनाउन नपाओस भनेर व्यबस्थापिकामा विविध विचारभाराहरु समेटिनु पर्दछ भन्ने कुरा पनि उनिहरुले नै सिकाएका हुन । जनमत हमेशा एउटै हुदैन कालान्तरमा परिवर्तन भईरहन्छ त्यसैले आवधिक निर्वाचन विना लोकतन्त्र जीवित रहन सक्दैन भन्ने उनिहरु कै अर्को पाठ हो/ यस्ताबिद्वानहरुले जनतालाई सही बाटो देखाउछन भनेर सबैले उनीहरुले गलत भनेकोलाई गलत नै भने तर के तीनै बिद्वानहरुले सही भनेका दलहरु यो कसीमा खरो उत्रन्छन त सारा नेपालीहरुलाई थाहा छ संविधानसभाका सभासदहरु पनि चिच्याई चिच्याई कराईरहेका छन संविधान वनाउन शिर्षस्थ नेताहरुको सहमती आवश्यक छ । विवाद केवल कसले कति पाउने भन्ने भागबण्डापो मोलमोलाईमा रातभर व्यस्त हुन्छन । अन्तत बडो कठिनाईले ठूलो युद्ध जितेको झै गरेर संविधानसभाको म्याद थपिन्छ । त्यस पछि सबैदलहरु जनता निचोर्ने कसरतमा लाग्छन । त्यहाँ कुनै प्रतिपक्ष छैन लुटेर ल्याउने भुटेर खाने कुरामा कार्यगत एकता छदैछ । केही संख्यामा साना दलहरु यसो विरोध गर्न खोजे झै गर्छन प्रायस सबै फेरी त्यही जनताको टाउकोमा गीर खेल्ने फोहोरी खेलमा लिप्त हुन्छन । मानेमा ठिकै छ नमान्ने कोही भएमा मास्रल लगाएर निष्काशन गरिन्छ । सहमतिय प्रणालीको अनौठो खेल चालु छ सत्ताका दलालहरु सहमतीको विकल्प छैन भन्ने राग अलाप्न थाल्छन । कोही छेउलागेका राजालाई अशिष्ट भाषामा गाली गलौज लेखेर महान लेखकमा दरिन्छन ।


लोकतन्त्रमा त प्रतिपक्ष नभई हुदैन त्यसो भए प्रतिपक्ष चाही कहाँ छ त प्रतिपक्ष सर्बसाधारण जनता भएका छन । मुलुकका हरेक ठाँउमा सर्बसाधारण भन्दैछन अवत अति भो तिमीहरु मनपरी नगर । कोही यो कुरा सभासदका गाला चड्काएर व्यक्त गर्देछन कोही संविधानसभाको श्राद्ध गरेर त्यसको पिण्डो पठाएर आîनो विरोध जनाउदैछन । कोही सड्कमा व्यानर र झण्डा लिएर शान्तिपूर्ण तरिकाले विरोध जनाउदैछन कोही भने सार्वजनिक संचारमाध्यममा आवाज पुर्‍ याउन पाउने अवसर पाउने वित्तिकै नेता तथा दलहरुलाई गाली गलौज गरेर विरोध गर्देछन । यस्तो विरोध थेग्न नसकेर जनतासंग साक्षात्कार हुने कार्यक्रम धेरैले बन्द गरीसके भने कोही कोही जनता भन्दा आफै धेरै वोलेर जनता बोल्ने समय समाप्त पार्दे कार्यक्रम चलाएको विधि पुर्‍ याउदैछन ।

आज दलहरु सबै पक्ष भएका छन जनता सबै प्रतिपक्ष दललाई गाली नगर्ने उनिहरुका कामको विरोध नगर्ने जनसाधारण कोही छैन । केवल दलका केही जरखरिद गुलामहरु जो विभिन्न भेषमा छन दलको वकालतमा निक्लेका छन । चुनाव गर्नु भनेको लोकतन्त्र विरोधी कार्यहो भनेर घाँटी फुटुन्जेल चिच्याउदैछन । चुनाव भयो भने धेरै खर्च हुन्छ आखिरमा अर्को चुनावबाट पनि यीनै आउनेहुन भनेर जनतालाइ थनामा सुताउने काम गर्देछल । तर सोचेर हेर्ने हो भने यो बुख्याचा संविधानसभाको कुनै कामै छैन केवल आîना सदस्यबाट लेभी उठाएर नेताहरुको अनापसनाप खर्चको वैधानिक श्रोत छ भनेर संसारलाई देखाउन मात्र यसको आवश्यकता हो केवल देखाउन मात्र किनभने दलहरुको आम्दानीका अनेकौ अदृष्य बाटाहरु छन । संविधानसभा यी बाटाहरु लुकाउन मात्र चाहिएको छ । जनतालाई भने यो संविधानसभा बोकीनसक्नुको बोझ भएको छ । यो मुलुकमा सबै शक्तिराष्ट रर मिलेर लोकतन्त्रको नयाँ प्रयोग गर्दैछन दलहरु पक्ष र जनता प्रतिपक्ष भएको लोकतन्त्र नेपालमा परिक्षण गरिदै छ । जे होस नेपालमा गजवको लोकतन्त्र छ यसमा सबै दलहरु पक्ष छन भने सबै जनता प्रतिपक्ष ।

 

प्रतिपक्षले नै सबैको खर्च धानीरहेको छ । दाना नभएर पेट दाम्सा परिसकेको छ नाना नभएर आफ्नो भएको छ र छाना चुहिएर कष्टकर जीवन भएको छ तै पनि नेपाली जनता मरुभूमिमा नंग्रा खियाएर रेमिट्यन्स भन्ने वस्तु मार्पुत यो महँगो लोकतन्त्रको परिक्षण धान्दै छ । आखिर कहिलेसम्म


स्वयम्भुनाथ कार्की
विराटनगर १
२०६८.५.१०


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters