luoshi
More by luoshi
What people are reading
Subscribers
Please log in to subscribe to luoshi's postings.
:: Subscribe
|
जनआन्दोलनका दोषीविरुद्ध अन्तिम कारवाहीको तयारी
|
[VIEWED 5064
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
luoshi
Please log in to subscribe to luoshi's postings.
Posted on 07-11-08 2:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मुलुकमा गणतन्त्रको स्थापना भइसकेको भएपनि राजनीतिक गतिरोध यथावतै रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित शाही सरकारका मन्त्री र केही तत्कालीन उच्च पदस्थ अधिकारीहरूलाई भ्रष्टाचार तथा अनियमितताको अभियोगमा कारवाही प्रक्रिया अगाडि बढाउने अन्तिम तयारी गरिरहेको छ । तत्कालीन अवस्थामा शाही सरकारले गरेको जनदमन तथा भ्रष्टाचारसम्बन्धी उच्च अयोग -रायमाझी आयोग)को सिफारिसका २ सयमध्येका २५ जनालाई कारवाहीको प्रक्रिया बढाउने अन्तिम तयारी भइरहेको हो । विगत १ वर्षेखि रायमाझी अयोगको प्रतिवेदन अध्ययन गर्दै आइरहेको अख्तियारले छानविन अन्तिम चरणमा पुगेकाले अब कारवाहीका लागि मुद्दा दायर गर्ने जानकारी दिएको छ । अख्तियार स्रोतले दिएको जानकारीअनुसार तत्काल कारवाही प्रक्रियाका अगाडि बढाइनेहरूमा तत्कालीन शाही सरकारका उपाध्यक्षद्वय डा. तुलसी गिरी र कर्ीर्तिनिधि विष्ट त्यस्तै तत्कालीन मन्त्रिपरिषद्का अन्य मन्त्रीहरू, तत्कालीन मुख्य सचिव लोकमानसिंह कार्की र प्रधानसेनापति प्याराजंग थापा रहेका छन् । अख्तियारका अधिकारीहरूले उनीहरूको छानबिन प्रक्रिया पूरा भइसकेको अब मुद्दा दायर गर्ने अन्तिम तयारी भइरहेको बताएका छन् । सरकारले रायमाझी आयोगले बुझाएको प्रतिवेदनउपर कारवाही चलाउनका लागि अख्तियारलाई जिम्मा लगाएको थियो । उक्त प्रतिवेदनउपरको छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको र केही समयभित्रै कारवाही प्रक्रिया अगाडि बढाइने अख्तियारका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बुले जानकारी दिएका छन् । ०६२/६३ को जनआन्दोलनलाई दबाउन तथा तत्कालीन सत्तालाई टिकाई राख्न करिब २ अर्बभन्दा बढीको राष्ट्रिय ढुकुटी रित्याएको विवरणसहितको रायमाझी आयोगको प्रतिवेदनउपर अख्तियारले छानबिन चलाइरहेको छ । तत्कालीन अनियमितता तथा खर्चका सम्बन्धमा आवश्यक प्रमाण बुझ्नका लागि कागजात पठाउन निर्देशन दिइए पनि गृह मन्त्रालय र क्षेत्रीय प्रशासकको कार्यालयले आवश्यक कागजात उपलब्ध नगराएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
| maga got what they voted for |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|