[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Lets support the movement of Journalists
[VIEWED 4868 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since the Government took no initiative to capture or take action against the Maoist cadres, we can not expect any thing from this नालायक government. I think its best to support the movement of the journalists to pressure the Govt and Maoist.

Shall we raise funds for the family of the journalist ?

Shall we raise funds for the movement of the journalist to bring down the लाचार सरकार !

News from BBC

 

माओवादी विरुद्ध पत्रकार आन्दोलित
 
माओवादीहरूको विरोध गर्दै पत्रकार महासंघका सभापति विष्णु निष्ठूरी
माओवादीहरूले पत्रकार वीरेन्द्र साहको हत्या आफ्ना कार्यकर्ताबाट भएको बताएका थिए
माओवादी कार्यकर्ताद्वारा भएको पत्रकार हत्याको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले मंगलवार देशव्यापी विरोध कार्यक्रम गर्‍यो।

बाराका अपहरित पत्रकार वीरेन्द्र साहको हत्याको विरोधमा देशका विभिन्न जिल्लाहरु जस्तै महासंघको अगुवाइमा राजधानी काठमाण्डूमा पनि विरोध जुलुस र शोक सभाको आयोजना गरिएको थियो।

सभामा प्राध्यापक, वकील, शिक्षक, मानव अधिकारकर्मी लगायत विभिन्न समुदायका प्रतिनिधिहरुले हत्याको विरोध गरेका थिए।

चेतावनी

झन्डै महिनादिनदेखि साह जिउँदो भेटिने झिनो आशा बोकेका पत्रकारहरुले मंगलबार उनको तस्वीरमा अबीर र पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यस पछि आयोजित सभामा बोल्दै नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले हत्याका अभियुक्तलाई प्रहरीसमक्ष बुझाउन, साहका सन्तानको शिक्षा एवं परिवारको भरणपोषण सुनिश्चित गर्न र माओवादी नेतृत्वलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह गरे।

उनले चेतावनी दिँदै भने, "प्रेसप्रति माओवादीको दुर्व्यवहार, पशुवत व्यवहार नरोकिने हो भने पेशागत चरित्र विपरीत माओवादीसँग सम्बन्ध राख्ने वा नराख्ने निर्णय गर्न वाध्य हुने छौ।"

पत्रकारहरुको शोकमा सामेल भएका लेखक खगेन्द्र संग्रौलाले एकजना पत्रकार मारिंदा पत्रकार र लेखकका अंशअंश मारिएको बताए।

हत्याका अभियुक्तलाई गिरफ्तार नगर‌ी लाचार बनेको भन्दै वक्ताहरुले सरकारप्रति तीव्र आक्रोश ब्यक्त गरेका थिए।

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले भने, "अपराधिक समूह स्पाईडर ग्रुपको व्यक्ति समात्न नयाँ दिल्लीसम्म पुग्ने नेपाल सरकार साहको हत्यामा संलग्नलाई गिरफ्तार नगरी कुन नैतिकताको आधारमा सत्तामा छ?"

पत्रकार साहको हत्याको खबर सार्वजनिक भएपछि त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट निन्दा भएको छ।

तर सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

पछिल्लो छ वर्षमा राज्य र माओवादी पक्षबाट २० जना पत्रकारको हत्या भइसकेको छ।

 


 
Posted on 11-06-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Power comes through barrel of gun", and not through pen. Had the deceased et al.( he is not the only one murdered ) knew how to pull the trigger against the tyranny, we would be celebrating the "democracy" and its justice at the same time. "Rape of humanity in front of conscious eyes", and it won't stop untill we stand up as french did years back," guillotine," the so called leaders of a left wing that aspires of bringing change in society by dispersing false dreams in conjuction with violence.
Last edited: 06-Nov-07 09:53 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters